
बलिउड अभिनेता सोनु सुद लकडाउनको समयमा बाटोमा अलपत्र परेकाहरुलाई आफ्नै खर्चमा उनीहरुको गन्तब्य सम्म लैजान ब्यस्त थिए । उनले त्यसरी हजारौं नागरिकलाई सहयोग गरे । अलपत्रलाई सम्बन्धीत ठाउँमा लैजाने मात्र होइन खान नपाएकाहरुको पेट पनि भरे । उनको यस्तो कामको सबैतिर चर्चा भयो । अहिले उनले सडकमा अलपत्र महिला र बच्चाको उद्दार गरेका छन् ।
उनले ति महिलाका लागि घर समेत बनाउने घोषणा गरेका छन् । पछिल्लो समय लकडाउनमा प्रवासी मजदुरका लागि यातायातदेखि खान बस्नसम्म सहयोग गर्दै आएका सोनुले पटनामा अलपत्र परिवारलाई घर दिने निर्णय गरेसंगै उनको प्रशंसा भएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा अंकित राजगढियाले सोनुलाई मेन्सन गरेर घरबेटीले कोठाबाट निकालेपछि सडकमा बच्चासहित बसिरहेकी महिलाको तस्विर शेयर गरेका थिए।
उक्त ट्वीटमा प्रतिक्रिया दिँदै सोनुले यो परिवारले घर पाउने उल्लेख गरेका छन। अंकिले लेखेका छन, ‘सर पतिको निधन पछि यी महिला पटनामा बस्दै आएकी थिइन्। घरबेटीले कोठाबाट निकालिदिए। एक महिनादेखि सडकको किनारमा बसिरहेकी छिन्। २ साना बच्चा भोकले तड्पिरहेका छन। तपाईले सहयोग गर्नुस्। सरकारसँग यिनको कुनै आशा छैन।’
जवाफमा सोनुले लेखेका छन, ‘भोलि यो परिवारको शिरमा छत हुनेछ। यी साना बालकका लागि एक घर जरुर हुनेछ।’ सोनुको जवाफपछि धेरैले उनलाई धन्यवाद दिएका छन ।
https://www.instagram.com/p/CC_VYYCgF99/