
मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर प्रहरीले सोधपुछ गरिरहेको छ । उनले गत १४ जुनमा मुम्बईस्थित आफ्नै घरमा झुण्डिएर आत्मह-त्या गरेका थिए ।
उनको आत्मह-त्यापछि बलिउडमा नेपोटिज्मको विषयलाई लिएर व्यापक बहस भएको छ भने फ्यान पनि दुस्खी भएका छन् ।
सुशान्तको आत्मह-त्यापछि भारतमा उनका फ्यानले आत्मह-त्या गरेको खबर बाहिरिएका छन् । यसैबीच एक १३ वर्षीया बालिकाले सुशान्तको फिल्म हेरेर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
एएनआईको रिपोर्टअनुसार सुशान्तको आत्मह-त्याबाट दुःखी ती बालिका ७ कक्षामा अध्ययनरत थिइन् । उनको नाम जे एञ्जेला हो । उनले छोडेको नोटमा लेखेकी छिन् – सुशान्त दुनियाँबाट जानु मलाई राम्रो लागिरहेको छैन, त्यसैले म आत्मह-त्या गर्दैछु ।
प्रहरीले उनको आत्मह-त्यापछि अनुसन्धान थालेको छ । मिडिया रिपोर्टका अनुसार आत्मह-त्या गर्नुभन्दा केही समय पहिले ती बालिकाले सुशान्तको फिल्म ‘छिछोरे’ हेरेकी थिइन् ।