
२०७७ साल श्रावणशुक्लपक्ष साउन ९ गते शुक्रवार चतुर्थी तिथि पूर्वभाद्रपदा नक्षत्र चन्द्रमा सिंह राशिमा ।
मेष : साजेदारी काम वाट राम्रो उपलव्धी हुनेछ तथा नँयकामको अवसर प्राप्तहुन सक्छ । दाम्पत्यजीवनको पूर्ण सुख आनन्न प्राप्तहुनेछ । तथा व्यवसायवाट लाभ प्राप्तहुने देखिन्छ ।
वृषः शत्रु वृद्धि हुनुका साथै गरेको काममा समस्या देखापर्ने छ । स्वास्थ्यमा पनि सामान्य समस्या हुनेछ । तथा ऋण वाट छुटकारा भने पाउन सकिन्छ सामान्य कोसिसमा पनि ।
मिथुन : सन्तान सुख पाउने योग छ । तपाइको वुद्धिको प्रसम्सा राम्रो हुनेछ । तथा नँयकाम पाउनुका साथै गरेको काममा सफलता हातपर्ने छ । पैसा सापटि दिन वाट भने जोगिनुहोला ।
कर्कट : घर परिवारमा कुरा नमिल्नेकारणले गदौ मन दुःखीत हुनेछ । आमाको स्वस्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । अचल सम्पत्तीको भने सुख प्राप्त गर्नु हुनेछ ।
सिंह : पराक्रम वढ्नुका साथै गरेको काममा ठूलो सफलता हात पर्नेछ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । तथा लगानि गरेको ठाउवाट उच्च सफलता हात पार्नु हुनेछ ।
कन्याः बोलीमा सम्यमता अपनाउनु होला अन्यथा झगडा पर्नुका साथै काममा ठूलो घाटा लाग्नसक्छ । धन आगमन भने हुनेछ तथा कुटुम्वसँगको सम्वन्ध राम्रो भएर जानेछ ।
तुला : आफ्नो छाप अरुप्रति छोड्न सकिने छ तथा व्यक्तिवको प्रभाव वढ्ने छ । मानसम्मानमा वृद्धि हुनेछ । तथा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । व्यवसायमा प्रगतिको समय छ ।
वृश्चिक : काम गर्नु पूर्व धेरै विचार गर्नुहोला अन्यथा तपाइ फस्न सक्नुहुनेछ । अपजस पाउने समय छ तथा गरको काममा असफलता हात पर्ने छ सम्यमता अपनाउनु होला ।
धनुः व्यापार व्यवसाय वाट धेरै ठूलो सफलता हात पर्नुका साथै फसेको पैसा प्राप्तहुनेछ । पाटनरमा गरेको काम वाट ठूलो सफलता प्राप्तहुने देखिन्छ । नँया काममा वाधा हुनेछ गोप्य राख्नुहोला ।
मकर : नयाँ रोजगार पाउने समय का साथै नयाँ व्यपार व्यवसाय सुरु गर्ने समय देखिन्छ । धनमा भने अरुलाइ विस्वास नगर्नुहोला अन्यथा फस्न सकिन्छ । कृषि क्षेत्रवाट लाभ मिल्नेछ ।
कुम्भ : भाग्यमानी हुने समय छ । भाग्यमा रोकिएको धन प्राप्त्हुनेछ । पिताजीसँगको सम्वन्ध राम्रो भएर जानुका साथै रोकिएको धन तपाइको हात लाग्नेछ । रिसाएका व्यत्ति तपाइको पक्षमा आउने छन् ।
मीन : चोट पटकको सम्भावना छ जोगिनुहोला । स्वास्थ्यमा भने सामान्य समस्या भएर जानेछ । आउदै गरेको धन शत्रुको कारण समस्यामा पर्ने छ । अरु क्षेत्रमा भने लाभको समय छ ।