
बिहीबार काठमाडौं, बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्ने खबरमा सत्यता नभएको बताएका छन्। अमिताभले बिहीबार साँझ ट्वीट गर्दै उक्त समाचार गलत, गैरजिम्मेवार र फेक भएको बताएका हुन् ।यसअघि भारतीय भारतीय सञ्चारमाध्यमहरुले अमिताभ बच्चनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको र अब एकदुई दिनमै डिस्चार्ज हुने समाचार सम्प्रेषण गरेका थिए। तर अमिताभले भने ट्वीट गरेर ती समाचारहरु सत्य नभएको भन्दै खण्डन गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमिताभ बच्चन १२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचाररत छन्। उनको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बच्चन परिवारमा अमिताभका साथै अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन तथा अभिषेक र ऐश्वर्याकी छोरी आराध्यालाई कोरोना संक्रमण भएको छ। उनीहरु सबैको नानावती अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा रहेपनि अमिताभ सामाजिक सञ्जालमा सक्रिय रहेका छन्।
.. this news is incorrect , irresponsible , fake and an incorrigible LIE !! https://t.co/uI2xIjMsUU
— Amitabh Bachchan (@SrBachchan) July 23, 2020