
दिपिका पादुकोण बलिउडमा सबैभन्दा बढी पारिश्रमिक दिने नायिका बनेकी छिन् ।
प्रभासको जोडी बन्न दीपिकाले २० करोड भारूको मोटो पारिश्रमिक बुझेको भारतीय संचारमाध्यमले जनाएका हुन्।
दीपिकाले बुझेको यो पारिश्रमिकले दीपिकालाई भारतीय सिनेमा इतिहासमा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री बनाएको छ।
चलचित्र बाहुबलीबाट आफ्नो छुट्टै पहिचान बनाएका प्रभास नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिकासँग देखिने भएका हुन्।
पुजा हेगडे, श्रद्धा कपुरसँग काम गरिसकेका प्रभासले अब आउने प्रोजेक्टमा दीपिकासँग काम गर्न लागेका हुन।
भारतीय सञ्चारमाध्यमका अनुसार एक तेलुगु भाषाको फिल्म यी दुई स्टार देखिन लागेका हुन। उक्त फिल्मलाई तामिल र हिन्दी भाषामा डबिङ गरिनेछ।
प्रभासले इन्स्ट्राग्राममा एक पोस्ट गर्दै दीपिकालाई स्वागत समेत गरेका छन।
फिल्मको नाम र अन्य कलाकारका बारेमा खासै जानकारी बाहिर आएको छैन। दीपिका र प्रभास पहिलोपटक एउटै फिल्ममा काम गर्न लागेका हुन।
भारतीय सञ्चारमाध्यमले उक्त फिल्म साइन्स हुने र फिल्मको निर्देशक नाग आश्विन रहने उल्लेख गरेका छन।
https://www.instagram.com/p/CCz-4dCHYTw/