
आज बिहीबार नेपाली बजारमा सुन मुल्यले अर्को नयाँ रकेर्ड तोडेको छ । आज सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
जुन हालसम्म कै उच्च हो । यस अघि हिजो बुधबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु।९४ हजार ६५ तोकिएको छ ।
आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला ११ सय ४५ रहेको छ।महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।
बजारमा सुनचाँदीको भाउमा दैनिक उकालो लागेतापनि बजारमा सुनचाँदीको किनबेच भने लगभग ठप्प प्राय रहेको छ । बजारमा सुन किन्ने भन्दा बेच्नेको भिड लागेको छ ।