
कोरोना महामारीका बीच पनि कसैको मोटो आम्दानी भएको छ भन्ने सुन्दा जो–कोहीलाई विश्वास नलाग्न सक्छ। तर, बलिउड नायिका अनुष्का शर्मा र विराट कोहलीले यो समय पनि मोटो कमाइ गरेको दैनिक जागरणले जनाएको छ।
अनुष्का र विराटले विज्ञापनबाट गतिलो कमाइ गरेको समाचारमा जनाइएको छ। दुवैले मिलेर २६ प्रतिशत विज्ञापनमा काम गरेका थिए। कोरोना भाइरसको दुर्भाग्यपूर्ण प्रकोपले विश्वमा आतंक मचाएको छ। भारतकै कुरा गर्ने हो भने पनि त्यहाँको व्यापार पनि नराम्ररी प्रभावित भएको छ।
त्यसमध्ये अभिनेत्रीहरूमा अनुष्का सबैभन्दा बढी विज्ञापनमा देखिएको जागरणले जनाएको छ। उनी स्वास्थ्य सुरक्षा र साबुनको विज्ञापनमा देखिएको समाचारमा उल्लेख छ। त्यसै गरी विराट कोहली एकमात्र त्यस्तो सेलिब्रिटीका रूपमा देखिए, जो सबै टेलिभिजन च्यानलमा प्रतिदिन १० घण्टा विज्ञापनमार्फत देखिएका थिए। त्यसपछि अक्षय कुमार क्रमशः ९ घण्टा र करिना कपुर ८ घण्टासम्म विज्ञापनमार्फत देखिएका थिए।