
२०७७ साल श्रावणशुक्लपक्ष साउन ८ गते विहिवार तृतीया तिथि मघा नक्षत्र चन्द्रमा सिंह राशिमा ।
मेष : सतर्क रहनुहोला अन्यथा आर्थिक हानिको साथै स्वस्थ्यमा समस्या देखा पर्न सक्नेछ । शत्रुको कारण महत्वपूर्ण काममा समस्या देखापर्ने छ । पेट वा आखामा समस्या देखापर्न सक्नेछ ।
वृषः सामान्य प्रयास गर्दा पनि धेरै प्रतिफल प्राप्त गर्न सक्नेसमय छ । विदेश क्षेत्रवाट लाभ लिन सकिनेछ । गरेको काममा प्रसम्सा प्राप्तहुने देखिन्छ । शत्रु परास्तहुनेछन् ।
मिथुनः अचज सम्पत्ति किन वेच गर्नु पूर्व धेरै सोच्नुहोला अन्यथा धनमा हानि हुनेछ । दुर्घटनाको सम्भावना छ । घर परिवारमा रमाइलो वातावरण वन्नेछ ।
कर्कटः राम्रो छ समय जागिर वा व्यपार व्यवसाय वाट राम्रो लाभ लिन सक्नुहुनेछ । पराक्रम वढ्नुका साथै नयाकाम हात पर्न सक्नुहुने छ । साथीभाइ सँगको भेटले मन रमाउने छ ।
सिंह : स्वास्थ्यमा देखापरेको समस्या कम भएर जानेछ । लगानि गरेको क्षेत्रवाट राम्रो लाभ लिन सक्नुहुनेछ । वोलीको प्रभाव राम्रो हुनुका साथै साथिभाइको सहयोगले काम वन्नेछन् ।
कन्याः व्यक्तिवको प्रभाव राम्रो हुनेछ । प्रसम्साको पात्र वन्नुहुनेछ जागिर वा व्यपारिक क्षेत्रमा । मान सम्मानमा वृद्धि भएर जानेछ । तथा धन लाभको समय छ । अचल सम्पत्ति किन वेचहुन सक्छ ।
तुला : वैदेशिक क्षेत्रवाट लाभ प्राप्तहुने देखिन्छ । नयाँकामको अवसर प्राप्त हुनेछ भने साथिभाइले धोका दिन सक्नेछन् महत्वपूर्ण काममा सतर्क रहनु होला ।
वृश्चिक : धेरै समयवाट रोकिएको काम वनेर जानुका साथै लगानिको अवसर प्राप्तहुनेछ । नया जागिरको साथै जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ ।
धनुः काममा प्रसम्सा पाउनुहुने छ । तर यात्रा गर्नु पूव धेरै सोच विचार गर्नु होला अन्यथा झमेलामा फस्नुपर्ने हुन सक्नेछ । घर परिवाको सुख प्राप्त हुनुका साथै मांगलिक कार्यको सम्भावना छ ।
मकर : दाम्पत्यजीवनको सुख आनन्द प्राप्तहुन सक्नेछ । रोजगार वाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ । पाटनर सँगको काम वाट भने राम्रो लाभ प्राप्त हुने देखिन्छ ।
कुम्भ : अध्यन क्षेत्रमा सुधार भएर जानुका साथै वुद्दिको कारण महवपुर्ण काम वन्नेछ । नँया नँया आम्दानीका स्रँोत फेला पर्नुका साथै धन वृद्धिहुने देखिन्छ ।
मीन : भाग्यमानी वन्नुहुनेछ राकिएको काम वन्नुका साथै नया अवसर प्राप्तहुन सक्छ । लगानि गर्ने अवसर प्राप्तहुनेछ । पिताजीसँगको सम्बन्धमा राम्रो भएर जानेछ ।