
काठमाडौं । निजी विद्यालयहरुले बिहिबारबाट अनलाइन पढाई सूचारु गर्ने भएको छन्।
बुधबार प्याब्सन र एनप्याब्सनको संयुक्त बैठकले अभिभावक संघसँग छलफल गरेर अनलाइन कक्षालाई निरन्तता दिने निष्कर्षमा पुगेका हुन्।
सरकारले मंगलबार रातिदेखि लकडाउन हटाएको छ।
यसअघी निजी विद्यालयहरुले सरकारले माग सुनुवाइ नगरेको भन्दै साउन १ गतेदेखि कक्षा बन्द गरेका थिए।
लकडाउन अन्त्यको घोषणा गरेपछि निजी विद्यालयहरु अनलाइन कक्षालाई निरन्तता दिने निष्कर्षमा पुगेका हुन्।
बुधबारनै प्याब्सन र एनप्याब्सनका अधिकारीले शिक्षा तथा प्रविधिमनत्री गिरीराजमणि पोखरेलसँग छलफल गरेका छन्।
मन्त्री पाखेरेलले उठाएका माग सम्बोधन गर्दै जाने आश्वासन दिएपछि निजी विद्यालय अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयमा पुगेका हुन।
यो सँगै प्याब्सन र एनप्याब्सनले शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय पनि फिर्ता लिएको छ।
अनलाइन कक्षाले वर्ग विभाजन गर्यो
मोफसल र भित्री गाउँबस्ती मात्र होइन, काठमाडौं सहरभित्रै पनि अधिकांश निजी स्कुल महामारीको भयले गाँजेको आजको समाजमा के–के न बितेझैं अनलाइन–नाटकमा घुमिरहेका छन् ।
जेजसरी हुन्छ, भर्ना गरिछाड्ने र देखावटी परीक्षा गराउादै कक्षा चढाउने अथवा डिजिटल कक्षामा अब्बल रहेको देखाइछाड्ने यो होडबाजीले काठमाडौंभित्रै पनि वर्ग–विभाजन निम्त्याएको छ ।
पहिलेदेखि कायम रहिआएको निजी र सरकारी विद्यालयको वर्गविभेदका बीच अब सम्पन्न–विपन्न चिनाउने आधार ‘डिजिटल प्रविधि’ बनेको छ । अहिले सुरु भएको अनलाइन कक्षाले स्पष्ट देखिने गरी अर्को ‘डिजिटल वर्ग विभाजन’ निम्त्याएको छ ।