सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी लकडाउन अन्त्यको घोषणा गरिरहँदा प्रदेश नम्बर २ को राजविराज नगरपालिकाले भने लकडाउनलाई थप कडा गर्न प्रेस विज्ञप्ती जारी गरेको छ ।
राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा २०७७ श्रावण ७ गते देखि अर्को सूचना जारी नहुन्जेलसम्म राजविराज नगरक्षेत्र भित्र पूर्ण रुपमा लकडाउन गर्ने बताइएको छ ।
‘लकडाउन अवधिमा अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैर सरकारी कार्यालयहरु र वित्तीय संस्थाहरु पूर्णरुपले बन्द गरी लकडाउनको पूर्ण पालना गरि दिन हुन सम्पूर्ण नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछौं।
लकडाउनको पूर्ण पालना गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन नगरपालिकाको अपिल छ।
यस्तो छ विज्ञप्ती