
कोरोनाका कारण विगत चार महिनादेखि मुलुक लकडाउनमा छ। केही समयअघि लकडाउनको स्वरुप परिवर्तन गरेर केही खुकुलो पारेता पनि आजबाट लकडाउन अन्त्य भएको छ।
विभिन्न व्यापार व्यवसाय संघसंस्था यातायात र बजारहरु पनि खुल्ने क्रम जारी छ। लगभग सबै खुलिसकेको छ र अब खुल्न बाँकी भनेको अर्को सूचना जारि नभएसम्म शैक्षिक संस्था, प्रदर्शनी, सिनेमा, डान्स बार, सलुन, स्पा, जिम, स्विमिङ पुल, खेलकुद, सामुहिक रुपमा हुने धार्मिक र सामाजिक कार्य तथा चिडियाखाना छन् ।
केही दिन अघि शिक्षामन्त्रीज्यु को अभिबेक्तिले परिक्षा को छलफल स्व्यम विश्वविद्यालयले विद्यार्थीहरुका लागि हाल परिक्षा नलिइ अर्को सेमेस्टरमा पढाइ सुरु गर्न सक्ने बारे विश्वविद्यालयहरुले गृहकार्य गरिरहेको जानकारी गराउनु भएको थियो।
त्यसै कुरालाई मनन गरेर देशकै जेठो एवं अग्रणीय त्रिभुवन विश्वविद्यालयले हालै एउटा सूचना प्रकाशन गरेको छ यस सूचनामा लेखिएको छ सम्पूर्ण स्थगित भएका परीक्षाहरु यथासिघ्र भदौ दोस्रो वा तेस्रो सातादेखि जस्तो सुकै उपाय लगाएर सञ्चालन हुनेछन्। यस सूचना लगत्तै लाखौं विद्यार्थीहरुले कोराेना र लकडाउनले गर्दा बिधार्थी को मानसिक र भौतिक स्थिति कमजोर भएकाे बेला पनि विद्यार्थीको समस्या र अनुकूलता नबुझेर वा नहेरेर स्वयं एकलौटी विश्वविद्यालयले आफ्नो निर्णय गरेको भन्ने आरोप लगाएका छन् र चौतर्फी विरोध पनि जनाएका छन्।
अरु विश्वविद्यालयले आफ्नो निर्णय र सूचना ननिकाले तापनि त्रिभुवन विश्वविद्यालयको सूचनाको आधार सिरपोर गर्दै उनीहरूले पनि यस्तै निर्णय गर्नेछन् र विद्यार्थीको समस्या नबुझेर एकतर्फी निर्णय गर्नेछन् त्यो निर्णय गर्नुपूर्व म अरु विश्वविद्यालयलाई विभिन्न विद्यार्थीहरुका समस्याहरु व्यक्त गर्न चाहन्छु ताकि त्रिभुवन विश्वविद्यालय भन्दा अरु विश्वविद्यालयहरूले भिन्नै निर्णय गरुन अर्थात् विद्यार्थीको अनुकुलता र समस्या हेरेर निर्णय गरुन र सूचना चाँडो भन्दा चाँडो निकालुन।
त्रिभुवन विश्वविद्यालय को निर्णय अनुसार परिक्षा जसरी पनि गराउन खोजेको जस्तो देखियो।के यो उचित हो त? के बोर्ड परिक्षा नै एक विद्यार्थीको भविष्यको मुख्य पात्र हो त? विश्वका ठुला ठुला युनिभर्सिटिहरुले त परिक्षा नगराई आन्तरिक मुल्याङ्कन गरेर अर्को सेमेस्टरमा बढावा दिएका छन। सेमेस्टर मध्य जाबो एउटा सेमेस्टर मात्रै विश्वविद्यालयहरूलेले छोड्न सक्दैनन?यदि यसो हो भने हरेक कलेजमा आन्तरिक परिक्षा किन लिईन्छ र सो परिक्षाहरुको लागी दबाब पनि किन दिईन्छ? यस्तो ऐतिहासिक महामारिको बेलामा पनि तपाईहरुको आन्तरिक परिक्षाको मुल्याङ्कन बाट पास गराउन सक्नुहुन्न भने आन्तरिक परिक्षाहरुको के महत्व?यहा धेरै विद्यार्थीहरुको समय बर्बाद भैरहेको छ परिक्षाको प्रतिक्षाले।
देशभरका जन्ताहरूको जीवन अस्तव्यस्त छ। विद्यालयहरूले अनलाईन कक्षा नलिने धम्कि दिएर कर्मचारीहरूलाई बेतलवी बिदा दिसकेका छन्। थुप्रै अरू कार्यलयका कर्मचारीहरू पनि बेतलबि बिदामा छन्। भएको बचत यहि लकडाउनमा सिद्दिसक्यो। यस्तो बखतमा विश्वविद्यालयले भने परिक्षा लिन्छौ, काठमान्डौ बाहिर भएका विद्यार्थी काठमान्डौ आउ भन्दैछन्। अरु विकल्प प्रशस्तै हुँदाहुँदै पनि परीक्षा दिनै पर्छ भन्ने निर्णय के जायज हो र ?
आन्तरिक परीक्षाबाट विद्यार्थीलाई NQ लगाउन सक्ने, अनि मुल्याङकन गर्न नसक्ने पनि कहि कतै हुन्छ र?
पढ्न त पढिसकेको हो नि? परीक्षा दिनमात्रै बाकि हो। आन्तरिक परीक्षाबाट मुल्याङकन गर्न नसक्ने भए आन्तरिक परीक्षा किन लिने? तिमी आफैलाई आन्तरिक परीक्षामा विश्वाश छैन भने त्यो परीक्षा लिएर हाम्रो समय किन खेर फाल्ने?
स्वयं कलेजहरुले मूल्यांकन गर्न सक्ने भएतापनि वा विभिन्न विकल्पहरू हुँदाहुँदै पनि विश्वविद्यालयले परीक्षा दिनै पर्छ भन्ने दबाब दिएर कोरोनाको डरले त्रसीत भएका विद्यार्थीहरुलाई झनै त्रसीत बनाएको छ ।
यति हुँदाहुँदै पनि विश्वविद्यालयले लिने परिक्षा हुने खाने र सहरमा भएका ले त देलान के म जस्ता दुर्गम र ग्रामीण एवम् भौगोलिक विकटता भएका हुम्ला जुम्ला डोल्पा मुगु कालीकोट अछाम बझाङ बाजुरा जस्ता देशका बिभिन्न स्थानमा रहेका बिधार्थीले परिक्षा दिन सक्लान् त?अब यस्तो विकराल गाडी नचलेकोअवस्थामा टाढा-टाढा रहेका विद्यार्थीहरु कसरी परीक्षामा सामेल हुन सक्लान् र। यति लामो lock down होला भन्ने नसोचेका एकजोर कपडा र 1,2 किताब बोकेर रातारात गाउँ गएका विद्यार्थीहरुले परीक्षाको तयारी कसरी गर्ने? यसको बाबजुद online बिदिबाट परीक्षा लिने भएपनि विभिन्न समस्याहरु छन्। म जस्ता दुर्गममा रहेका विद्यार्थीहरुले एक कल फोन गर्न त रुखको टुप्पो, डाडाकाडा अग्लो स्थानमा चढ्नुपर्छ भने झन् अनलाइनबाट लिने भनिएका परीक्षाहरु आकासको फल आखा तरी मर भने जत्तिकै हो।
रोजगारी गुमेको छ, विद्यार्थी र उनको परिवारमा मानशिक, आर्थिक पिडा परेको नहोला भन्न सकिन्न ?अहिले बिभिन्न Survey या Research गरेर हेर्ने हो भने ६०%+ विद्यार्थीहरु Physically,mentally Fit छैनन। परीक्षा गरेर पनि यस्तो बेला Pass % के कति होला कसैले अडकल गरेको छ ? बर्षौ देखी परीक्षा दिदै आईयो खै अहिले सम्म के फरक पर्यो र त्यही सर्टिफिकेट सजाएर राख्ने बाहेक? राम्रो गुणस्तरीय शिक्षा पढाएको भए र Exam assessment पनि सो अनुरुप भएको भए कसैलाई टेनसन हुने थिएन । परीक्षा भन्दा गुणस्तरीय शिक्षा नै आजको आवश्यक हो।
काठमाडौं मा बसेर एउटा काठमाडौ लाई पुरै नेपाल देख्नेको तर्क यही हो त ? के बिश्वबिद्धालय ले भने झै अन्लाइन परिक्षा दिन सक्ने हैसियत दुर्गमका बिद्यार्थी मा छ? ल अन्लाइन नभए पनि परिक्षा केन्द्र सम्म पुग्नको लागि सार्बजनिक यातायात चलेका छन कति पय ठाउमा त केन्द्र टाढ भएर २/४ दिन अघि देखी त्यसकै व्यवस्थापनमा जुट्नु पर्छ ?
त्रिभुवन विश्वविद्यालयले अरु धेरै विकल्पहरु हुँदा हुँदै गैर जिम्मेबारी पूर्ण निर्णय गरेता पनि अरु बाँकी रहेका विश्वविद्यालयलले तल दिएका विभिन्न कुराहरूलाई मनन गरेर विश्वविद्यालयको र विद्यार्थीको अनुकुलता अनुसार निर्णय गरोस् ।
कुनै विद्यार्थीको परिवारजन लाई कोरोना लागेको होला, ऊ क्वारेन्टाइनमा होला। आफैलाई कोरोना लागेको बेला, परिवार सबै बाँच्छन् कि नाई भन्ने त्रासमा उस्ले परीक्षा दिन सक्छ?
गाउँघरमा, पढ्ने नोट र किताब नभाको बेला विद्यार्थिले कसरी पढ्ने र एक्जाम पास गर्ने ?
आफ्नो बुबाको तलब आउन छाडिसकेको , घरमा २ छाक खाना जोहो गर्न गार्हो भएको विद्यार्थीले कुन मानसिक हालतमा परिक्षामा दिने ? तिमी त एउटा परीक्षा लिएर उम्किन्छौ, तर विद्यार्थीको त्यो परीक्षाको अङक् जिनदगीभर उस्को मार्कसिटमा रहिरहन्छ।
घरबेटीले कोठा भाडा माग्दैछन्, ५-६ महिनाको भाडा २४०००+, बुबाआमाको व्यवसाय ठप्प परेर नोक्सान भाको बेला क्याम्पस नजिक बसेको कोठा फर्किएर कसरी तिर्न सक्षम हुने?
दोब्बर भाडा तिरेर ज्यानको जोखिम बोक्दै, यस्तो डरलाग्दो अवस्थामा, हाम्रा डराएका बुबा आमाले यात्रा गर्न दिनुहोला त? बुबाआमाको अनुमति भएतापनि भाइरसबारे जन्नेबुझ्ने हामी स्वयं विद्यार्थिले कसरी यात्राको हिम्मत जुटाउने?
एउटा विद्यार्थीवाट परिक्षा दिन आएका धेरैलाई लागेर धेरै परिवार सङक्रमित हुन पुगेभने जिम्मेवार को हुने?
विद्यार्थिको ज्यानको जिम्मा कसले लिने? मृत्युको कुरा (मानौं) अहिले लाई छोडौं, संक्रमण भइहालेमा लामो समय स्वास्थ्य समस्या संग विद्यार्थिले एक्जाम दिनकै हतारका कारण किन जुध्ने?
केही विद्यार्थीहरु अहिले स्वास्थ्य समस्या सँग जुध्दै छन, यति छोटो समयमा ठीक भएर तयारी गर्न कसरी भ्याउने होला, के यस्तो अवस्थामा घरबेटीले बस्न देलान्?
कोरोनाको मानसिक तनावले तयारी गरेको सब्बै बिर्सियो, ६ महिनाको पढाई अन्तिम २ महिनामा प्याकेजको टीचर ले लगातार पढाएर सकेको अवस्थामा हामीले क्याम्पस पढाइको गुणस्तर कति प्रभावशाली होला? यस्तो पढाईको १ महिनामै साँच्चै पुनः तयारी गर्न सकिएला त?
लामो यात्रामा विद्यार्थि कुनै कारण संक्रमित भइहाले? लक्षण नदेखाउँदै एक्जाम हलमा वा डेराकै वा नजिकका साथी लाई सारे वा सरे, त्यसको जिम्मा कसले लिने? मानौं हाल सुरक्षित होला, तर हाल बाहिरको भिडमै हुँदा कतै सरिहाले वा सारीहाले ? अनुमान गर्नुहोस। आखिर एक्जाम पछि क्वारेन्टाइन मा विभिन्न समस्या बेहोर्दै, घरबाट टाढा, विद्यार्थि एक्लै दुःख कष्ट गर्दै बस्नुपर्छ क्यारे । के विश्वविद्यालयले विद्यार्थिलाई त्यो अवस्थामा हेर्छ? विद्यार्थीको खर्च विश्वविद्यालयले बेहोर्छ?
पैसा नभएको बेला PCR टेस्ट गर्न, क्वारेन्टाइनमा मा दिनको २ हजार तिरेर बस्न, होस्टेलको फी तिरेर बस्न तिमीले विद्यार्थीको घाँटि निमोठ्दै छौ।
यो अवस्थामा कारणबस फेल भइहाले, विद्यार्थिले अगाडिको पढाइलाई ध्यान दिँदै निरन्तर पढ्नु की ब्याक परीक्षाको अनावश्यक टेन्सन र तयारी तर्फ लाग्नु?
‘ यतिको लामो समय आफ्नो ठोस निर्णयहरु गर्न नसक्नु र सम्पूर्ण स्तरका विद्यार्थीहरूको समय बर्बाद गर्नु ‘, यो आफ्नो कमजोरीलाई लुकाउँदै, विद्यार्थी लाई छोटो समयमा जबर्जस्ती पेल्न नै खोज्ने प्रवृत्तिले कुन हद सम्म विद्यार्थीलाई न्याएमा पार्ला ?
जेजस्तो भएपनि माथि उल्लेख भएका कुराहरुलाई आत्म सार गर्दै आफ्नो निर्णय निकाल्न बाँकी रहेका विश्वविद्यालयले विद्यार्थी र विद्यार्थीको भविष्यलाई असर नपर्ने तरिकाले निर्णय गरोस्।
अन्ततः परिक्षा हुनुपर्छ तर यहि काठमाडौ को चश्माले नेपाल देखेर होइन । लाखौं विद्यार्थी हरूको भविष्य माथि खेलवाड गर्दैछन विश्वविद्यालयहरू ले । ऋण गरेर दुई चार वर्ष भित्र पढाइ सकाएर जागिर गर्छु भन्ने विद्यार्थी लाई शैक्षिक सत्रै खेर जाने गरी गरेको निर्णय कति सार्थक होला?? विकल्प रोज्नु ठिक हो तर विकल्प सम्पुर्ण बिद्यार्थीको हित मा रोजियोस काठमान्डौ को तस्बिर हेरेर कसैलाई काखा कसैलाई पाखा नगरियोस र परीक्षा लिने बाहेक अरु पनि धेरै विकल्पहरू भएको हुँदा त्यतातिर पनि ध्यान जाओस्। बिश्वबिद्धालयहरुले आफ्नो तर्फ बाट मात्र सजिलो हेर्ने हैन अब येस्तो माहामारी ले विद्यार्थी मा पारेको मानसिक असर हेरेर विद्यार्थी को तर्फ बाट नि हेरेर परिक्षा लिनु पर्छ। फेरि परिक्षा नलिने भन्या हैन-बिद्यार्थी भनेका यश देश का नागरिक का साथै भबिस्य का कर्णधार हुन तेइ भएर लकडाउन खुलेपछी परिक्षा मा सहभागी हुने सम्पुर्ण विद्यार्थी को PCR परीक्षण गराएर केही दिन कक्षा लगाएर विद्यार्थी लाई परिक्षा दिने माहोल बनाइदिनु पर्छ र त्यसपछि परिक्षा लिनु पर्छ ।