
काठमाडौँ उपत्यकामा आज (मंगलबार) ९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् ।
यी ९ सहित देशभरका १ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको बताएका छन् ।
त्यस्तै मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४ सय ७७ पुगेको छ ।
नेपालमा कोरोनाको कारण ४० जनाको ज्यान गइसकेको छ । मंगलबारसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण भइसकेको छ ।