
इजरायल बाट फर्केको ८ महिनामा संजिता लामाको मृत्यु भएको छ । बिगत १२ बर्ष देखि काम गर्दै आएकी लामा ८ महिना अघि मात्र घर फर्केकी थिइन् ।
इजरायलमा बस्दा पेटमा समस्या आएको थियो । शल्यक्रिया गर्नु पर्छ भनेपछि उनले म यहाँ शल्यक्रिया गर्दिन बरु नेपालमै गएर आफन्तको साथमा गएर उपचार गर्छु मरे पनि नेपालमै मर्ने हो यहाँ गर्दिन भनेर नेपाल फर्केकी थिइन् । नेपाल फर्केपछि उनको काठमाण्डौको ग्रेण्डी अस्पतालमा पाठेघरको अप्रेसन गरेर पूर्ण रुपमा निको भै उनि घरमा आफन्त संग बस्दै आएकी थिइन् ।
“विदेश बाट नेपाल फर्केपछि उनले स्कुटर किनेर सिकेर बसेकी थिइन्, लकडाउनले गर्दा लाइसेन्स निकाल्न पाएको छैन भनेर केहि दिन अगाडी कुरा भएको थियो तर उनको निधनको खबर सुन्दा बिश्वास नै लागेको छैन” निरजले भने ।
साउनेक्रान्तिको दिन देखि टाउको दुख्यो भनेर भन्ने गर्थिन तर सामान्य होला भनेर सिटामोल खाएर बस्ने गर्थिन तर शुक्रबार उनलाई अलि बढी नै टाउको दुख्न थालेपछि नजिकैको अस्पतालमा पुर्याइएको थियो ।
त्यहाँ उनको उपचार सम्भब नभएपछि बिभिन्न अस्पताल लगिएको थियो । कोरोनाको कारणले गर्दा अस्पतालहरुले पनि चेक गर्न नमानेको आफन्तको गुनासो छ ।
त्यहाँ केहि समय राख्दा ब्रेन ट्युमर भएको आशंका गरिएको थियो त्यसपछि उनलाई न्युरो अस्पतालमा पुर्याउंदा ब्रेन ट्युमर नै भएको पत्ता लागेको थियो ।
ब्रेन ट्युमरको पत्ता लागेपछि शुक्रबार उनलाई कोमामा राखिएको थियो । अस्पताल पुगेर केहि चेकजाँच गर्दा सम्म उनि होसमा थिइन् तर उनलाई सलाइन चढाएपछि उनि बेहोस भएकी थिइन्, होसै नखुली उनको कोमामै मृत्यु भएको इजरायलमा कार्यरत प्याकुरेलले बताएका छन् ।