
जेरुसलमको हिब्र विश्वविद्यालयका प्रोफेसर याकोव नहमियास र न्युयोर्क इकाहान स्कुल अफ मेडिसिनका डा. बेन्जामिन टेनओभरले पछिल्लो तीन महिनासम्म गरेको अध्ययनमा कोलेष्ट्रोल घटाउन प्रयोग गरिँदै आएको औषधि फेनोफिब्रेटले ५ दिनमा कारोना निको हुने निष्कर्ष निकालेका छन् ।
दुई वैज्ञानिकहरुको अध्ययनमा कालेष्ट्रोल घटाउनका लागि प्रयोग गरिने औषधिले कोरोना निको पार्न सकिने दावी गरेका हुन् ।
संसारभरका बैज्ञानिकहरु कोरोनाको औषधी पत्ता लगाउन द्रुततर गतिमा लागिरहेका बेला दुई बैज्ञानिकहरुले भने आफ्नो अध्ययन कोरोना भाइरसले मानिसको फोक्सोमा देखाउने प्रभावका विषयमा केन्द्रित गरेका थिए ।
डेलिमेलमा प्रकाशित एक रिपोर्टका अनुसार बैज्ञानिकहरुले फेनोफिब्रेटको सेवनले फोक्सोको सेलले धेरै फ्याट बर्न गर्न मद्दत पुग्ने र जसले गर्दा कोरोना भाइरस कमजोर हुने निष्कर्ष निकालेका हुन् ।
अनुसन्धानका अनुसार कोरोना भाईरसले फोक्सोमा कोरोना भाइरसले कार्बोहाइड्रेटको रुटिन बर्निङ रोकेर अधिक फ्याटलाई सेलमा जम्मा गर्ने गरेको थियो । फेनोफिब्रेटले उक्त फ्याट बर्न गर्ने अनुसन्धानबाट पत्ता लागेको छ ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाको लागि अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । विभिन्न देशमा यसको औषधि पत्ता लगाउन र बनाउन ठूलो अध्ययन अनुसन्धान भैरहेको छ । कति देशले केही मात्रामा सफलता हात पनि पारेका छन् र पूर्ण रुपमा खोप भने अझै बनिसकेको छैन । खोप बनेपनि त्यसको परिक्षण गरेर प्रयोगमा ल्याउन केही वर्ष कुनुपर्ने भएको छ ।
कोरोना भाइसको बारेमा विश्व स्वास्थ्य संगठनका धारणाहरु पनि बेला बेलामा फेरिरहेका छन् जसले गर्दा अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय समेत गरिसकेको छ । जनमानसमा पनि विश्व स्वास्थ्य संगठनप्रतिको विश्वास क्रमस गुम्दै गएको पाइएको छ ।