
पर्वत । मंगलबार पनि देशभर बर्षा भइरहेको छ । देशका बिभिन्न स्थानका सडकहरु पहिरोले अवरुद्ध भएका छन् । यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत सडकखण्डमा ठुलो ढुंगो खसेपछि अवरुद्ध भएको छ ।
सडकबीचमै अवरुद्ध ठूलो ढुंगा खसेपछि सवारीसाधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सडकमाथीबाट खसेको उक्त ढुंगाले सडक अबरुद्ध भएको जनाइएको छ ।
ठूलो ढुंगा भएकाले हटाउन समस्या परेकोले सडक खुल्न समय लाग्ने बतायएको छ । ढुंगालाई स्काभेटरले हटाउन नसकिने भएकाले ब्रेकरको सहायताले फुटाल्नुपर्ने बताइएको छ ।
अपडेट : ११ बजेर १४ मिनेट
आंशिक रुपमा खुल्यो पोखरा-बागलुुङ सडकखण्ड
गोरखापत्र अनलाइनगोरखापत्र अनलाइन श्रावण ६, २०७७ मंगलवार एक घण्टा अगाडि
अविरल वर्षापछि सोमबार राति आएको पहिरोले अवरुद्ध पोखरा-बागलुङ सडकखण्डको पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा–२ को नयाँपुल आंशिक रुपमा खुलेको छ ।
कुश्मा नगरपालिका वडा–२ को नयाँपुल सडकखण्डमा माथिबाट ठूलो ढुङ्गा खसी बाटो पूर्णरुपमा अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय, पर्वतबाट गएको टोलीले एक्स्काभेटरको सहयोगमा बाटोको केही अंश खुलाई साना सवारीहरू सुचारु गरेको छ ।
ठू्ला सवारी साधन चलाउने गरी दुईतर्फी सडक सञ्चालनको काममा प्रहरी सक्रिय बनेर लागेको प्रहरीले जनाएको छ ।