
अविरल बर्षाका कारण चितवनमा नारायणी नदीको जल सतहले सतर्कताको बिन्दु पार गरेपछि वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ ।
अविरल बर्षाका कारण नदीले सतर्कता तह पार गरेको नारायणी नदी देवघाट बाढी मापन केन्द्रले जानकारी दिएको छ । ७ दशमलव ३ मिटर सतकर्ता तह रहेको नारायणी नदिमा अहिले जलस्तर बढेर ७ दशमलब ७ मिटर पुगेको हो ।
निरन्तर बर्षा भएकाले नदीको जल सतह खतराको तहमा पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
८ मिटर पानीको बहाव पुगेमा नारायणी नदीलाई खतराको बिन्दुमा पुगेको भनिन्छ । ११ मिटर सतर्कता तह रहेकोमा अहिले पानीको सतह बढेर ११ दशमलव १२ मिटर पुगेको केन्द्रले जनाएको छ ।
नारायणी नदीको बाढिबाट हुनसक्ने सम्भावित क्षती न्युनिकरण र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।
नारायणी नदीको वितण्डाः हात्तीको प्रतिमा बगायो
नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगाएको छ ।
आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको प्रतिमा बगाएको हो ।
दुई वटा हात्तीको प्रतिमा रहेकोमा अहिले एउटा मात्रै अडिएको छ ।