
सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका ६ जना विदेशी नागरिक थुनामुक्त भएका छन् ।
पक्राउ परेर छ्टेका विदेशी नागरिकहरुलाई अन्तर्राष्ट्रिय उडान सुरु हुने बित्तिकै निष्कासन गरिनेछ ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार पक्राउ परेका मध्ये नर्वेजियन नागरिक मरिता लिभरोदले नेपाली नागरिकसँग विवाह गरेर बैवाहिक भिसा लिएकाले उनलाई जरिवाना मात्र तिराइएको थियो । उनी ५ हजार रुपैयाँ जरीवाना तिरेर छुटेकी थिइन् ।
अस्ट्रेलियन नागरिक कलानी गाकोनलाई भने २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । पाँचै जनालाई दुई वर्ष नेपाल प्रवेश गर्न निषेध गर्ने निर्णय विभागले गरेको केसीले बताए ।
गत ३१ जेठमा सरकारविरुद्ध भएको प्रदर्शनमा विदेशी नागरिकहरु सहभागी भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको थियो । नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानूनी हो ।