
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् ।
यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार पो हुन् कि ? उनीहरु कुनै विशेषखालको परिस्थितिमा हिँडेका थिए कि ? सामाजिक सञ्जालमा यस्तै परिचर्चा भइरहेका छन् ।
सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल बनाईनुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।
यो कुरालाई लिएर सामाजिक संजालमा ठूलै बहस भयो । केहिले समर्थनमा बोले भने केहिले उनीहरुको जमकर बिरोध गरे ।
यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिकाको नाममा रहेको छ ।
गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार ( स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको गाउपालीकाका एक कर्मचारीले बताए ।
सरकारी नम्बरको मोटरसाईकल चालक गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् ।
उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव–इन्जिनियर हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए । गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको जानकारी दिए ।
उनीहरु सिट रोल (सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर) को कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएको खुलेको छ ।
बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेको थियो ।
तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन । तर, यसलाई भाइरल गराउने काम चाहिँ पूर्वसचिव भीम उपाध्यायले गरेका थिए । एक लाखभन्दा बढी फलोअर्स भएका उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै फेसबुकभरि फैलिएको थियो ।