जब हाम्रो जीवनमा समस्या वा कठिनाइहरू आउँछन्, हामी मध्ये धेरैले सोच्ने गर्दछौँ यस्तो किन मेरो साथमा मात्र भइरहेको छ ?
यो सोचाइले बिस्तारै हामीमा गहिरो निराशा सिर्जना गरेर हाम्रो जीवनलाई बोझ बनाउन सक्छ । यस्तोमा आवश्यक हुन्छ हामी आफूमाथि विश्वास राखौँ र आफ्नो सम्पूर्ण क्षमता र शक्तिले ती समस्या वा कठिनाइहरूको मुकाबला गरौँ र यो तब सम्म गर्दै जाऊँ जब सम्म ती समस्याहरू माथि विजय प्राप्त गर्दैनौँ । तपाईँ सोच्नुहुन्छ होला कि यो त असम्भव छ, तर विश्वास गर्नुहोस् “जीवनमा कुनै कुरा असम्भव छैन”। यदि तपाईँ विश्वास गर्नुहुन्न भने, यो प्रेरणादायक सत्य कथा पढ्नुहोस् –
मेरो नाउँ हो “निकोलस जेम्स भ्युजिसिक” तर मलाई संसारले “निक भ्युजिसिक” (Nick Vujicic) नामले चिन्ने गर्दछ ।
४ डिसेम्बर सन् १९८२ का दिन अस्ट्रेलियाको मेलबर्नमा मेरो जन्म भयो । बुवा बोरिस भ्युजिसिक र आमा दुष्का भ्युजिसिकको म पहिलो सन्तान थिए ।
विवाहित व्यक्तिहरूलाई थाहा छ कि पहिलो सन्तान जन्मिदा कति खुशी हुन्छ, तर मेरा बुवा र मेरी आमा खुशी थिएनन् । उनलाई त चट्याङ्ग लागे जस्तो भएको थियो त्यो दिन । किनकि उनको पहिलो सन्तानका (अर्थात् मेरा) न हात थिए न खुट्टा । पहिलो पटक बुबाले मलाई अस्पतालमा देख्दा उनी यति छक्क परे कि कोठाबाट बाहिर निस्किए र बान्ता गरे । के तपाईँलाई थाहा छ आमा कसरी व्याकुल हुँदै आफ्नो पहिलो बच्चालाई काखीमा उठाउँछिन्? तर, म जन्मँदा जब नर्सले मलाई मेरी आमा कहाँ लगिनुभयो, उनले भनिन् कि यसलाई म बाट टाढा लिएर जाऊ । आमाको अवस्था यस्तो थियो कि उनले मलाई चार महिनासम्म काखीमा उठाउने हिम्मत गर्न सकिनन् । बुवा-आमा र मैले पनि धेरै वर्षसम्म आफैलाई प्रश्न सोध्ने गर्थ्यौ कि हामीहरूसँग भगवानले यस्तो किन गरे ? आमा नर्स हुनुहुन्थ्यो, उनी गर्भवती हुँदा सबै तरिकाले आफ्नो देखभाल गरेकी नै थिइन् फेरी किन यस्तो भयो ? आमाले लामो समय सम्म आफूलाई दोष लगाउने गर्थिन् ।
म पनि अन्य बच्चाहरू जस्तै स्वस्थ थिएँ, तर मेरो जन्म एक दुर्लभ विकार (टेट्रा-अमेलिया सिंड्रोम- tetra-amelia syndrome) को साथमा भएको थियो, जसको कारणले गर्दा मेरा हात र खुट्टा थिएनन् । चिकित्सकहरू अचम्मित थिए कि मैले अङ्ग किन पाएन ! मेरा आमा-बुबा चिन्तित हुन थाले कि मेरो भविष्य कस्तो होला ? तर उनले मलाई आत्मनिर्भर बनाउन केही कमी राखेनन् । बाबुआमाले मलाई एक पछि अर्को चरणमा हिम्मत दिनुभयो । म जब १८ महिनाको थिएँ, बुबाले मलाई पानीमा लगे र पौडी खेल्न सिकाउन सुरु गरे । बुबा कम्प्युटर प्रोग्रामर र एकाउन्टेन्ट हुनुहुन्थ्यो । मेरो सानो खुट्टा छ जुन बायाँ हिपसँग जोडिएको छ, जसमा केवल दुई औँलाहरू छन् । यी औँलाहरू पनि एक अर्कामा संलग्न थिए, जो डाक्टरहरूले आपरेशन पछि छुट्टै गरेका थिए ताकि मैले यिनीहरूको सहायताले केही गर्न सकूँ ।
म ६ वर्षको हुँदा, बुबाले यिनै औँलाहरूको सहायताले मलाई कंप्यूटरमा टाइप गर्न सिकाउनुभयो । आज म एक मिनेटमा ४३ शब्दहरू टाइप गर्न सक्छु । आमाले एउटा प्लास्टिकको उपकरण बनाउनुभयो जसको सहाराले म यिनै औँलाहरूको सहायताले कलम र पेन्सिल समात्ने गर्छु । बुवामालाई मेरो स्कुल जाने कुरामा पनि शङ्का थियो, तर बुवा आमाले मलाई सामान्य बच्चाहरूको स्कुलमा भर्ना गरे । मेरा आमाबुवाको यो निर्णय मेरो मेरो लागि जीवनको सबैभन्दा ठुलो उपहार थियो ।
(पछि, यस निर्णयको आधारमा मैले “फाइनेंसियल प्लानिङ र रियल स्टेट”मा डिग्री पनि हासिल गरेँ) जसो जसो म ठुलो हुँदै गएँ, म निराश जस्तै जीवन बिताउन थालेँ । घडी घडी चिड़ने बानी हुन थाल्यो । किनकि म साधारण बच्चाहरू जस्तो काम गर्न सक्दिन थिएँ । मेरो कुनै साथी थिएन । जब म ८ वर्षको थिएँ, म धेरै निराश भई सकेको थिएँ । म मेरी आमाकहाँ गएँ र उनलाई भनेँ, “आमा म मर्न चाहन्छु ।” म भगवान् सँग हात खुट्टा पाउनका लागी सधैँ प्रार्थना गरी रहन्थेँ । आमाबुबा नहुँदा मलाई कसले रेखदेख गर्ने भनेर सोच्ने गर्थेँ । म भित्तामा टाँसिएको ब्रसको सहाराले दाँत माझ्थेँ र मलाई दैनिक अनेकों समस्याहरू थिए जो म सामान्य बच्चाहरूका जसरी गर्न सक्दैन थिएँ । १० वर्षको हुँदा मैले मर्ने प्रयास गरेँ, तर मेरो प्रयास असफल भयो ।
मलाई लाग्थ्यो कि मेरो जीवनको कुनै उद्देश्य छैन । मेरा आमाबुवाले मलाई भन्ने गर्थे, यसो गर्ने प्रयास गर, उसो गर्ने प्रयास गर, म भन्ने गर्थेँ तपाईँ पागल हुनुहुन्छ ? म कसरी गरूँ ? मेरा हात छैनन्, खुट्टा छैनन् । तर उहाँहरूले निरन्तर मलाई प्रोत्साहित गर्थे र मलाई धेरै माया गर्थे ।
बिस्तारै मैले समयको साथ-साथै अगाडी बढ़न सिकेँ किनकि मसँग दुइटा मात्र विकल्पहरू थिए, keep going वा give up. जब म १३ वर्षको थिएँ, मैले अशक्त व्यक्तिहरूको बारेमा एउटा लेख पढेँ कि मानिसहरूले शरीरको अशक्तता लाई पन्छाएर जीवनमा ठुला-ठूला उपलब्धिहरू प्राप्त गरेका रहेछन्। त्यस दिन मैले बुझेँ कि म एक मात्र व्यक्ति होइन जो सङ्घर्ष गरिरहेको छु । मैले सोचेँ, हुनसक्छ ईश्वरले मलाई यस्तो बनाउनुभएको छ कि म अरूको लागि प्रेरणा बन्न सकूँ । मैले बिस्तारै बुझ्न थाली सकेको थिएँ कि यदि मैले चाहेँ भने आफ्नो जीवन सामान्य तरीकाले बाँच्न सक्छु । १७ वर्षको उमेरमा मैले आफ्नो प्रार्थना समूहमा व्याख्यान दिन थालेँ । २१ वर्षको उमेरमा मैले लेखा र वित्त (Accounting & Finance) मा स्नातक गरेँ र एक प्रेरक वक्ता को रूप मा आफ्नो क्यारियर सुरु गरेँ ।
आज मेरो “Attitude is attitude” नाम गरेको एउटा मोटीभेशनल कम्पनी छ । म जस्ता अरू धेरैलाई प्रेरणा र सकारात्मकताको सन्देश दिन एक गैर लाभकारी संस्था “Life without Limbs” को पनि सिर्जना गरेको छु । ९ मार्च २००२ मा हाम्रो बसाई सराई क्यालिफोर्निया भयो । २००८ मा मेरो भेट केन मियाहारा (Kanae Miyahara)सँग भयो । १२ फेब्रुअरी २०१२ मा हाम्रो बिहे भयो र आज हाम्रा दुई छोरा (Kiyoshi James Vujicic र Dejan Levi Vujicic) र दुई जुम्ल्याहा छोरीहरू (Ellie Laurel Vujicic र Olivia Mei Vujicic) मिलाएर चार बच्चाहरू छन् ।
साथीहरू, अहिले तपाईँले निक भ्युजिसिकको वास्तविक कथा पढ्नु भयो । निक अहिले ३८ वर्षका छन् र आफ्नो सम्पूर्ण परिवार सहित अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्छन् । निक म्युजिकले The Butterfly Circus नाउँ गरेको एउटा लघु फिल्म पनि खेलेका छन् जसमा उनले २०१० मा Method Fest Independent Film Festival मा Best Actor को पुरस्कार पनि पाएका छन् । निकको पहिलो पुस्तक “Life without Limits” २०१० मा Random House ले छापेको थियो जसको विश्वका ३० भाषाहरूमा अनुवाद गरिएको छ । आज उनी एक सफल प्रेरक वक्ता हुन जो विश्वभरिका अनेकों देशहरूमा गएर वक्तव्य दिने गर्दछन् र आफ्नो कथाले धेरैलाई प्रेरणा दिने गर्दछन् । आफ्नो यस पेशाबाट उनी महिनाको 4,20,000 USD (५ करोड़ नेपाली रुपैयाँ बराबर) कमाई गर्छन् ।
म यहाँहरू सबैलाई निकको यो भिडियो हेरी दिनु हुन हार्दिक अनुरोध गर्दछु
अक्सर व्यक्तिहरू आफ्ना साना-साना समस्याहरूलाई लिएर रोइरहेका हुन्छन् । अब तपाई आफै सोच्नुहोस् कि के तपाईँको समस्या निक भन्दा ठुलो छ ? एक पटक आफूलाई निकको ठाउँमा राखेर हेर्नुहोस् त । भगवानले तपाईँलाई हात-खुट्टा दिनुभएको छ, काम गर्नको लागि । एउटा राम्रो स्वस्थ शरीर दिनुभएको छ । एक छिनका लागि सोच्नुहोस् त यदि तपाईँका जन्मदेखि हात र खुट्टाहरू नभएको खण्डमा कस्तो महसुस गर्नुहुन्थ्यो ?
निक सम्पूर्ण दुनियाँ को लागी एक उदाहरण हुन । हामी जस्ता हात र खुट्टा भएका व्यक्तिहरूको लागि निक आज प्रेरणा बनेका छन् । हामीले उनीबाट जीवन जिउने पाठ सिक्नुपर्दछ । उनको जीवन आफैँमा एक उल्लेखनीय उपलब्धि हो, तर यो भन्दा पनि अझ प्रभावित गर्ने कुरा हो निकको जीवन प्रति सुख र शान्तिको सम्मोहक भावना । आज उनले संसार भरिका व्यक्तिहरूलाई कसरी जीवन जिउने भनेर सिकाइरहेका छन् । निकले शारीरिक सीमाहरूमा टाँस्नु भन्दा आफ्नो जीवन नियन्त्रण गर्ने शक्ति प्राप्त गरिसकेका छन् र आशाको यही सन्देश लिएर विश्वमा अनेकों देशहरूको यात्रा गरी रहेका छन् ।
जहाँ हामी साना साना कुराहरूले गर्दा निराश हुने गर्छौँ, निक भ्यूजिसिक जस्ता व्यक्तिहरूले हरेक क्षण प्रमाणित गरिरहन्छ कि कुनै पनि कुरा असम्भव छैन – प्रयास गरेर सबै कुरा सजिलो हुन्छ । निक फुटबल खेल्छन्, गल्फ र पौडी खेल्छन् । आज उनी सामान्य व्यक्तिले गर्ने सबै काम आफै गर्छन् । निक भन्ने गर्छन्, “यस संसारमा कुनै कुरा असम्भव छैन । हामी त्यो सबै गर्न सक्दछौँ जो हामी सोच्न सक्छौँ र हामी त्यो सबै सोच्न सक्छौँ जुन हामीले आजसम्म सोचेको छैनौँ “