
बाजुरा, ५ साउन । लगातारको बर्षासँगै आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ ।
बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।
साफे–मार्तडी सडकखण्ड अन्तरगत ओमकोटमा पनि पहिरोको कारण करिब दुई सातादेखि यातायात अबरुद्ध भएको छ । जिल्लाका ग्रामिण सडकहरुमा पनि पहिरोले क्षति पुगेको छ ।