
०७७ साल श्रावणकृष्णपक्ष साउन ५ गते सोमवार औशीं तिथि पुनर्वसु नक्षत्र चन्द्रमा मिथुन राशिमा ।
मेष राशि : सन्तान सुख पाउनुका साथै तपाइको वुद्धिको प्रशंसा बढ्नेछ । चौतर्फ लाभको समय छ । प्रेम तथा दाम्पत्य जीवनमा सुमधुरता बढेर जानेछ । घर परिवारको सुखमा वृद्धि हुने देखिन्छ ।
वृष राशि : अचल सम्पतिको साथै वाहान सुख पाउन सक्ने समय छ । मनमा भने आर्थिक गतिविधी सम्वन्धि कुरा खेल्ने कारणले गर्दा समस्या हुनेछ । घर तथा परिवारको सुख प्राप्त गर्नु हुनेछ ।
मिथुन राशि : थोरै मेहनतमा पनि धेरै राम्रो प्रतिफल पाउन सक्ने समय छ । पराक्रम वढेर जानुका साथै साथ र सहयोग गर्नेको वृद्धि हुनेछ । आर्थिक समस्याले भने सताउनेछ ।सापटी दिएको धन आउने छैन ।
कर्कट राशि : धेरै नै विचार पुर्याएर कुरा गर्नु होला अन्यथा मत मतान्तर हुन सक्छ । अचल सम्पत्ति किनवेच हुन सक्नुका साथै सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक आम्दानी बढ्ने देखिन्छ ।
सिंह राशि : तपाइको व्यक्तित्वको प्रभाव वढ्नुका साथै मन सम्मानमा वृद्धि हुनेछ । अचानक कतैबाट आर्थिक लाभ हुन सक्छ । देश विदेश घुम्ने अवसर प्राप्त गर्न सकिन्छ । नयाँ वस्त्र धारण गर्ने अवसर मिल्नेछ ।
कन्या राशि : आफूले नगरेको गल्तिमा गल्तिमा फस्नुका साथै आरोप प्रत्यरोप लाग्न सक्नेछ । आर्थिक हानीको समय छ । घरपरिवारका सदस्यहरुको स्वास्थ्यमा समस्या देखा पर्न सक्नेछ । यात्रा नगर्नु नै उचित देखिन्छ ।
तुला राशि : धेरै दिन बाट रोकिएको काम वन्नुका साथै आर्थिक लाभको समय बनेको छ । दाजु भाइ सँगको सम्वन्धमा मधुरता छाउने छ ।
वृश्चिक राशि : जागीरको नयाँ अवसर मिल्ने वा पदोन्नतीको सम्भावना देखिन्छ । व्यवसाय गर्नेहरुको लागि समय राम्रो छ । साथै सन्तान सुख र परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ ।
धनु राशि : पिताजीको स्वस्थ्यमा समस्या आउने कारणले गर्दा आर्थिक हानी हुने देखिन्छ । भाग्यमा आउदै गरेको वस्तु रोकिनुका साथै झुटा आरोप लाग्न सक्नेछ । कुनै पनि काम सफल पार्नको लागि धेरै मेहनत गर्नु पर्ने समय छ।
मकर राशि : आगो वा अन्य हति यारबाट चोटपटकको सम्भावना छ । विग्रेको काम भने वनेर जानेछ , रोकिएको धन प्राप्त हुनुका साथै साथिभाइहरुले तपाइलाई सहयोग गर्ने छन् ।
कुम्भ राशि : दाम्प्त्यजीवनमा भएको समस्या हटनुका साथै सम्वन्ध प्रागाढ बनेर जानेछ । व्यापार वा व्यवसायबाट आर्थिक लाभ हुने समय छ । नयाँ कामको अवसर प्राप्त हुने देखिन्छ भने नयाँ व्यत्तिसँगको भेटले मन रमाउने।
मीन राशि : शत्रुको कारण महत्वपूर्ण काम विग्रन सक्छ । देश विदेशको यात्रा गर्ने अवसर प्राप्तहुन सक्नेछ । सन्तान सुखको समय छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नन सक्नेछ ।