
प्रधानमन्त्री केपी शर्मा ओलीले आक्सिमक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
उनले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
यसअघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रीमण्डल पुर्नगठन गर्ने सहमति भएको थियो त्यसैले भोलीको बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।
प्रधानमन्त्रीले असन्तुष्ट रहेका नेता माधव नेपाल समूहका नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने संकेत गरेका छन् । त्यस्तै दुवै अध्यक्षबीच तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई बनाउने र प्रधानमन्त्रीको सचिवालयमा रहेका सल्लाहकार समुह परिवर्तन गर्ने लगायतको सहमति भएको थियो ।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय वैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपछि त्यसमा अर्का अध्यक्ष प्रचण्डले सहमति जनाएका थिए ।
आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी स्थगित गरिएको थियो ।