
बाटोमा कतै हराएको फोन भेट्नुभयो र तपाइले आफैले सो प्रयोग गर्ने वा पसलमा लगेर बेच्ने विचार गर्नुभयो भने तपाई कारवाही पर्न सक्नुहुन्छ ।
फोन हराउने व्यक्तिले आफुले हराएको फोनको बारेमा नेपाल दुरसंचार प्राधिकरणको वेवसाइट मार्फत हराएको जानकारी अपलोड गरेको खण्डमा मोबाइल फेला पारेर आफैले चलाउने वा बेच्ने व्यक्ति कारवाहीमा पर्ने भएको हो ।
नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल फोन भेटिएको छ भने त्यसलाई प्रयोग गर्न नमिल्ने र त्यसलाई बेच्न पनि नहुने जानकारी दिएको छ।
हरेक मोबाइल फोन सेटमा रहेको आईएमईआई नम्बरबाट तुरुन्तै सेटको पहिचान गर्न सकिने व्यवस्था गरिएको हुन्छ।
हरेक मोबाइल फोन सेटमा रहेका यस्तो नम्बर प्राधिकरणसँग पनि रहेको हुनाले सोही नम्बरबाट हराएको मोबाइल फोन कसैले प्रयोग गरेमा मोबाइल ट्रयाकिङ गरी सहजै पत्ता लाग्ने भएकाले सो सेटलाई प्रयोग नै गर्न नहुने प्राधिकरणको भनाइ छ।
प्राधिकरणको सिफारिशमा मात्र नेपालमा मोबाइल फोनसेटहरु आयात गरिने भएकाले आयात भएका र प्रयोगमा आएका सबै मोबाइल फोन सेटको रेकर्ड प्राधिकरणसँग हुन्छ।
कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेटलाई प्राधिकरणको वेबसाइटमा उपलब्ध वेब लिंक मार्फत निवेदन दिन सकिने उल्लेख छ।
प्राधिकरणले कसैले मोबाइल फोनसेट भेट्टाएको अवस्थामा तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा फिर्ता गर्नुपर्ने उल्लेख गरेको छ।
त्यस्तो भेट्टाएको फोन सेट सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेको वा कसैले खरीद गरेको पाइएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकाले कानून बमोजिम कारवाही हुने पनि प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।