मुम्बई – सुशान्त सिंह राजपूतको निधन भएको एक महिना भन्दा बढी भइसकेकाे छ । मुम्बइमा रहेको बान्द्रा प्रहरीको उनको आत्माह-त्याको कारण खोजिरहेको छ ।
प्रहरीले २५ जना भन्दा बढीको बयान लिइसकेको छ ।
उनका नजिकका साथी तथा आफन्तसँग सोधपुछ गरिएको छ ।
केही बलिउडकर्मी सेलिब्रेटीलाई पनि यो केशमा सोधपुछ गरिएको छ । सुशान्तले आत्मह-त्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस पनि चर्केको छ ।
यसैबीच प्रहरीले बलिउडकर्मी आदित्य चोपडासँग पनि सोधपुछ गरेको छ । उनीसँग प्रहरीले झण्डै ४ घण्टा सोधपुछ गरेको हो ।
यो प्रकरणमा निर्देशक शेखर कपूरले आदित्य चोपडामाथि आरोप लगाएका थिए ।
आदित्यले फिल्म ‘पानी’ निर्माण गर्ने भनिएका बेला उनी कुनै डि-प्रेसनमा नभएको बताएका छन् । उनले शेखर कपूरले लगाएको आरोप झुठो भएको दाबी गरेका छन् ।
यशराजले ‘पानी’ फिल्मका लागि सन् २०१३ को अप्रिलमा साइन गरेका थिए ।
साथै उनले सोधपुछका क्रममा सुशान्तसँग कुनै नेपोटिज्म या गुप्रिजम नभएको पनि बताएका छन् ।