
काठमाडौं – नायिका उषा पौडेल र अभिनेता सुधांशु जोशीको सम्बन्ध विच्छेद भएको खबर आएको छ । करिब ३ वर्ष अगाडी अमेरिकाको बाल्टिमोरमा हिन्दु परम्परा अनुसार बिबाह गरेका उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरुबीच कलह शुरु भएपछि ६ महिनादेखी अलग अलग बस्दै आएका थिए ।
अभिनेता सुधांशुले उषासँग दोस्रो बिहे गरेका थिए । उषाले विवाह दर्ताको बिषय ल्याएपछि दुबैबीच कलह शुरु भएको बताइएको छ ।
उनीहरुबीच सम्बन्ध राम्रो हुन नसकेपछि सम्बन्ध विच्छेद गरेको बताइएको छ ।
उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् । उषाले बारम्बार बिहे दर्ताका लागि गरेको आग्रहलाई सुधांशुले नमानेपछि यहि विषयले उनीहरुलाई अलग-अलग बनाएको बताइएको छ ।
आज नायिका उषा पौडेलको जन्मदिन भएपनि उनले शुभकामना दिएका छैनन् । भारतमा सिररियलमा काम गदाए गर्दै अमेरिका हानिएकी उषा अमेरिका पुगेपछि सुधांशुविच प्रेममा रहेकी थिइन्।
त्यसपछि प्रेममा रहेको केही समयपछि उनीहरुले बिहे गरेका थिए ।
यसअघि केटिएम दैनिकमा ज्योतिष सुरेश चन्द्र रिजालले कलाकारिता क्षेत्रमा लागेका व्यक्त्तिहरुको पारिवारिक सम्बन्ध किन दिगो हुदैन ? भनेर लेख लेखेका थिए । उनको डिभोर्स भएको खबर क्यानाडा नेपालले सार्वजनिक गरेको भएपनि थप पृष्टि हुन बाँकी छ ।