काठमाडाैं । काठमाडौं उपत्यकामा ३ जना मात्र कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए ।
संक्रमित काठमाडाैंकाे १ र ललितपुरकाे २ जना रहेकाे गाैतमले बताए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ ।
२४ घण्टामा १ सय ५६ संक्रमित थपिए
आइतबार देशभर १ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर हालसम्म १७ हजार ६ सय ५८ जना संक्रमित भएका छन्।
विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ५८ जना कोरोनामुक्त भएका छन्। यसहित हालसम्म ११ हजार ६ सय ९५ जना कोरोनाबाट निको भएका छन्।
यो कुल संक्रमितको ६६ प्रतिशत हो। विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७ सय ४१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १५ हजार बढीको पिसिआर परीक्षण भएको छ।