
काठमाण्डौ – रामेछापेली गजलकार तथा गीतकार विष्णु विरही श्रेष्ठले “पिरतीको गुन्द्री” गीति भिडियो बजारमा ल्याएका छन् ।
बिहीबार कार्टुन क्रुज नामक यूट्युब च्यानलमा उक्त गीत रिलिज भएको हो । विरहीको शब्द र दिपकराज विश्वकर्माको संगीत रहेको उक्त गीतमा गायिका बिनी श्रेष्ठ र गायक डेभिड शंकरको युगल स्वर छ ।
उक्त गीत गायिका बिनी श्रेष्ठको डेब्यु गीत हो।
गीतमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । रमाईलो शब्द रहेको उक्त गीतमा भिडियो पनि आकर्षक रहेको छ ।
गीतको भिडियो युवराज वाइवाको निर्देशनमा तयार भएको हो । ‘पिरतीको गुन्द्री’ बोलको गीतको भिडियोमा सरोज र आश्मालाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।
गीतले ३ दिनमै ४ लाख भन्दा बढी दर्शक पाईसकेको छ भने यूट्युबको २६ अन ट्रेण्डिङमा परेको छ ।