पत्रकार महासंघ कतार शाखाले रिक्त रहेका पदहरुमा मनोनित गरेको छ ।
कतार शाखाको शुक्रबार बसेको बैठकले पत्रकार महासंघ शाखा कतार स्थापनार्थ योगदान पुर्याएका नेपाल पत्रकार महासंघ कतार शाखाका संस्थापक सदस्य,तथा पूर्व सहसचिव त्यस्तै मोरङ सुनसरी सेवा समाजका पूर्व अध्यक्ष एवम् केन्द्रीय पूर्व संरक्षक समेत रहेका सरोज बाँस्तोलालाई सल्लाहकारमा मनोनित गरेको छ ।
यसैगरी सो बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ भने सदस्यहरुम दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेल रहेको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए ।
बाँस्तोला सहित अन्य मनोनयन परेका सबै व्यक्तिहरु साहित्यिक क्षेत्र, सामाजिक अभियानका संघसंस्था सहित पत्रकारितामा क्रियाशिल व्यक्तिहरु रहेका छन् ।
संघ ले जुलाई १७ तारिक देखि परिसद सदस्यहरुको सदस्यता नविकरण १५ दिनको लागि खुलाएको संघका उपाध्यक्ष नबराज बिक ले जानकारी दिए ।