अहिले अधिकांश मानिसले भन्छन्, ‘म माछा, मासु खाँदिनँ तर पनि मेरो पेट लागेको छ, किन होला?’
पेट बढ्न माछा, मासु नै खानुपर्छ भन्ने छैन। कार्बोहाइड्रेट मात्रा बढी भएमा पनि पेट लाग्छ। कार्बोहाइड्रेट हुने खाना भन्नाले हामीले दैनिक खाने भात, रोटी, ढिँडो, मकै, गहुँ आदि हुन्। यी खाना बढी हुँदा पनि पेट बढ्छ।
हाम्रो समाजमा खाना बढी र तरकारी कम खाने चलन छ। त्यसमा पनि आलुको मात्रा बढी हुन्छ। साथै शरीरका लागि पोषण चाहिन्छ भनेर विभिन्न थरीका आहार जस्तै माछा, मासु, अण्डा, दूध, दाल, गेडागुडी लगायत अन्य भारी खाना खाने चलन छ। तर खाना खाइसकेपछि राम्रोसँग पाचन भएर निस्कासन हुन जरुरी छ र त्यसका लागि निस्कासक आहारको पनि उत्तिकै महत्व छ भन्ने हामीले बिर्सेका छौं।
शरीरलाई पोषक आहार जति आवश्यक हुन्छ त्यति नै निस्कासनका लागि रेशा, छोक्राबोक्रा प्रशस्त भएका आहार चाहिन्छ। रेशा, छोक्राबोक्रा भएका आहारमा नफलेको चामल, चोकरसहितको पिठो, गहुँ, मकै, कोदो, फापर आदि एक दलीय अन्न, ताजा हरिया सागसब्जी, काँचो खानेकुरा सलाद र फलफूल पर्छन्।
अधिकांश स्वास्थ्य समस्या यही रेशा, छोक्राबोक्रा भएका आहारको कमीले आएको छ। त्यसैगरी मैदाजन्य, जंक, चिनीबाट बनेका, चिल्लोमा तारे भुटेका, चिया, कफी, कोल्डड्रिंक्स, चकलटे, आइसक्रिम जस्ता खानेकुरा खाँदा पनि पेट बढ्छ। खानासँग पानी खाने बानीले र बीचबीचमा कुचुकुचु खाने बानीले पनि पेट बढ्छ।
यसर्थ पेट बढ्नुको मुख्य कारण शरीरलाई चाहिनेभन्दा बढी खानु नै हो। चाहिनेभन्दा एक गाँस मात्र बढी खानाले पनि शरीरलाई हानी नै गर्छ।
यी खानेकुराहरुबाट टाढा हुनुहोस्
कफि – विहान, साझ, फुर्सदमा होस या जतिबेला पनि कफि खाने बानी आम मान्छेमा प्रचलित छ । तर १ कप कफिमा २०० क्यालोरी हुन्छ । यसमा चिनी राख्नाले क्यालोरिको मात्रा झनै बढ्ने हुन्छ । त्यसैले कफि पिउंदा चाडो तौल बढ्छ ।
फलफुलको जुस –यसमा गुलियो पदार्थ धेरै हुन्छ । शरिरले बढी कार्बोहाइड्रेड खपत गर्न सक्दैन। जसको फलस्वरुप शरिरमा बोसो खपत हुँन पाउँदैन अनि पेट लाग्ने गर्छ।
सेतो पाउरोटी: चिया संग होस् या खाजाको रुपमा सबैभन्दा सजिलो मानिने चिया पाउरोटीमा ग्लाइसेमिक इंडेक्सको मात्रा धेरै हुन्छ । जसले शरिरमा रगतको मात्रा उच्च गराई अनावश्यक तौल बढाउँछ।
दूध –१ कप दुधमा २८५ क्यालोरी पाइन्छ । यसमा पाइने चिल्लो पदार्थको कारण तौल बढ्ने हुन्छ ।
चकलेट – यसमा चिनीको मात्रा धरै हुने भएकोले माटोपना बढाउनमा सहयोग गर्दछ ।
कोल्ड ड्रिंस् – यसमा कृत्रिम गुलियो पदार्थ मिसाइएको हुन्छ । जसका कारण छिटो छिटो भोक लाग्ने हुन्छ र पेटमा तथा पाखुराहरुमा अनावश्यक वोसो जम्मा हुन्छ ।
चिज –चिजमा अत्याधिक मात्रामा चिल्लो पदार्थ पाइन्छ । चिजबाट बनेका परिकार खानाले तीव्र मोटोपनाको शिकार भइन्छ ।
बटर र घ्यू – यसमा पनि अधिक मात्रामा क्यालोरी पाइन्छ । दैनिक बटर खानाले तौल बढ्दै जान्छ ।