रणविर कपुरको डुप्लिकेट जुनइद शाह को निधन भएको छ ।
हृदयघातका कारण उनको निधन भएको बताइएको छ ।
उनी रणविर कपुरजस्तै देखिने भन्दै एक समय खुब भाईरल भएका थिए ।
उनी २८ वर्षको भएको बताईएको छ ।
उनको निधन आफ्नै घर श्रीनगरमा भएको बताइएको छ ।
ऋषि कपुरले मेरो छोराको डुप्लीकेट भनेर ट्वी गरेपछि उनी भाइरल भएका हुन् ।
ऋषीले ट्वीट गर्दै लेखेका थिए , “हे भगवान ! मेरो छोराको डबल !! कसम यस्तो कहिले देखेको थिइन ।”
OMG. My own son has a double!!! Promise cannot make out. A good double pic.twitter.com/iqF7uNyyIi
— Rishi Kapoor (@chintskap) April 16, 2015
कश्मीर मनिटरले दिएको जानकारी अनुशार उनी आफ्नो बुबाको स्याहार गर्नलाई मुम्बईबाट श्रीनगर गएका थिए ।
भारतका प्रख्यात पत्रकार युसुफ जमेल लेख्छन् , निशर एहमद शाहको छोराको निधन भएको छ । उनी बलिउडमा आउन चाहन्थे ।
उनको निधनको बारेमा रणविर कपुर र उनको आमा नितु कपुर भने केहि बोलेका छैन्न ।
उनलाई छोरा मानेका ऋषि कपुरको भने निधन भइसकेको छ ।