भारतमा पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण भयावह स्थितिमा रहेको छ ।
केही बलिउड कलाकारहरु पनि कोरोना भाइरसको शिकार भइसकेका छन् ।
अभिताभ बच्चन, अभिषेक बच्चन, बलिउड अभिनेत्री एवम् अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भैसकेको छ ।
अहिले चर्चित टेलिसिरियल इश्कवाजकी नायिका स्नेरु परेखलाई पनि कोरोना संक्रमण पृष्टि भएको छ ।
उनी अहिले सेल्फ आइसोलेसनमा बसिरेहकी छिन् ।
त्यस्तै चर्चित भारतीय टेलिसिरियल “कसौटी जिन्दगीका” को अभिनेता पार्थ सम्राटलाई कोरोना संक्रमण पृष्टी भएको थियो । उनी सुटिङमा जान थालेको बताइए पनि अन्य खबरहरु भने आएको छैन । उनलाई कोरोना संक्रमण देखिएपछि सुटिङ रोकिएको छ ।
जुन २७ मा उनले कसौटीको सुटिङ शुरु भएको छ भनेर उनले सामाजिक सञ्जाल इष्ट्राग्राममा एक पोष्ट गरेका थिए ।
https://www.instagram.com/p/CCpkpfFnrAh/?utm_source=ig_embed
यसअघि भारतीय सिरियल इशकबाजकी अभिनेत्री अदिती गुप्ता पनि कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । उनले आफु बिरामी परेसँगै कोरोना परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको बताएकी थिइन् ।
त्यस्तै ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित भएका थिए ।