सुन्दर यातायात प्रालीले भोलिदेखि काठमाडौं उपत्यकामा बिजुली बस संचालन गर्ने भएको छ ।
नेपालमा बिजुली बस सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिले आज प्रेस विज्ञप्ति निकाल्दै सरकारको निर्णय अनुसारदेखि बस सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।
पुरानै भाडादरमा सेवा दिने उल्लेख गरिएको छ । ‘सरकारले लिने भनेको थप ५० प्रतिशत भाडा नलिइ पुरानै भाडामा यात्रा गराउने समेत व्यहोरा अवगत गराउँदछौँ’, सरीता योगीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ । यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराइने पनि प्रालिले जनाएको छ ।
त्यस्तै चालक र सहचालकको हकमा छुट्टै पन्जा सेनिटाइजर, पिपिइ र बुटको व्यबस्था गरी सुरक्षा सहित बस सेवा संचालन गर्ने जनाएको छ ।
हेर्नुहोस विज्ञप्ती