काठमाडौं । काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए ।
संक्रमितहरु काठमाडाैंकाे ३ जना र ललितपुरका ५ जना र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।
साेमबार नेपालमा १ सय ४४ जना काेराेना संक्रमित थपिएका छन् भने १७ सय ५ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १६ हजार ९ सय ४५ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ५ सय ८९ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ
२४ घण्टामा एक सय ४४ जना संक्रमित थपिए
सोमबार कोरोनाभाइरसका एक सय ४४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएर अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
२४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको गौतमले जानकारी दिए।
सोमबारसम्म क्वारेन्टिनमा २३ हजार चार सय ७० जना छन् भने आइसोलेसनमा छ हजार छ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको भएर दश हजार २ सय ९४ जना घर फर्किसकेका छन् जुन संख्या संक्रमित संख्याको ६०.७ प्रतिशत हो।