नेपाली चलचित्र क्षेत्रमा कहिलो को महानायक भन्ने विषयमा दोहोरी नै चलिरहेको छ । दिपा श्री निरौलाले दिएको एउटा अभिव्यत्तिको कारण अहिले फिल्मी क्षेत्र नै दुई धुब्रमा बिभाजित भएको छ ।
शनिवार मात्र नायिका केकी अधिकारी र ऋचा शर्माले दिपाको बारेमा आफ्नो धारणा राखेका थिए । आज प्रियंका कार्कीले आफ्नो भनाई राखेकी छिन् । दिपक राज गिरी र दिपा श्री निरौलासँग फिल्म खेलेका कलाकारहरु मात्र उनको समर्थनमा उत्रिएका छन् ।
उनको समर्थनमा प्रियंका लेख्छिन् ।
उनले लेखेकी छन्, चलिरहेको आदरणीय दिपा दिदीको बिवादले हामी सबैको ध्यान आकर्षण भएको छ। यसै सन्दर्भमा दुई शब्द राख्ने अनुमती माग्दछु।
कसैको तर्क, भाव या बिचार आफुलाइ चित्त नबुझे आवाज उठाउने अधिकार तपाइ सबैमा सुरक्षित छ। चित्त नबुझेको कुरा राख्नुस, वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस।
वहाँ लगायत हामी सबै तपाईंहरबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्चाउने क्रममा अ’स्लिल गा’ली, गलौच र चरित्र ह’त्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको च’रित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।
हाम्रो आफन्त, आफ्नै छोरा-छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अ’श्लील गाली गर्छौ र ? गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ? आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन र ? यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध। धेरै माया। प्रियंका कार्की