पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुवा बनेका छन् । उनकी एकमात्र छोरीले आज विहान बच्चालाई जन्म दिएकी छिन् ।
टिचिंग अस्पताल महाराजगञ्जमा छोरी मानुषी यमी भट्टराई र ज्वाईं जेकेन्द्रलाई पुत्रलभ भएको भन्दै बाबुरामले खुशी साटेका छन् ।
उनले फेसबुकमार्फत् २२ औं शताब्दी देख्ने सम्भावना भएको परिवारको एकमात्र शिशुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
२०७२ साल फाल्गुण १ गते डा. बाबुराम भट्टराई छोरी मानुषी भट्टराई र जेकेन्द्र श्रेष्ठले जन-वादी विवाह गरेका थिए ।
पूर्व प्रधानमन्त्री भट्टराई निवास सानेपामा शनिबार मानुषी र जेकेन्द्रबीच विवाह भएको थियो । तनहुँ रिसिङकाम जेकेन्द्र अहिले नयाँ शक्तिमा क्रियाशील छन् ।
उनले आफ्नो विवाह खर्च ५० हजार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई प्रदान गरेर बिहे गरेको थिइन् ।
यस्तै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका पूर्व जनसेनाकी छोरी फुर्मी तामाङको अध्ययनका लागि ३० हजार सहयोग गरेकी थिइन् ।
यो रकम फर्मीकी आमा सूचनालाई प्रदान गरिएको थियो । साथै उनले आगामी दिनमा पनि उनको अध्ययनमा सहयोग गर्ने बचन दिएकी थिइन ।
बाबुरामका फेसबुकमा धेरैले बधाई दिइरहेका छन् भने केहिले गाली गरिरहेका छन् ।