काठमाडौं : भारतीय अभिनेता अनुपम खेरकी आमालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अभिनेत खेरले आफ्नी आमा दुलारी खेरलाई कोरोना भएको जनाकारी सोसल साइट ट्वीटर मार्फत जानकारी दिएका हुन्।
उनले आमालाई कोरोना पुष्टि भएपछि भाई बुहारी र अन्य परिवारका सदस्य क्वारन्टिनमा रहेको जानकारी दिएका छन्।
आमालाई कोकिला बेन अस्पतालमा भर्ना गरिएको उनले बताएका छन्। यसअघि भारतीय अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि संक्रमण पुष्टि भएको छ।
अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।
अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो।
परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
This is to inform all that my mother Dulari is found Covid + (Mildly). We have admitted her into Kokilaben Hospital. My brother, bhabhi & niece inspite of being careful have also tested mildly positive.I got myself tested as well & I have tested negative. @mybmc is informed.!? pic.twitter.com/EpjDIALft2
— Anupam Kher (@AnupamPKher) July 12, 2020
कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्।उनी हरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
७७ वर्षीय अमिताभले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए।
बच्चन बाबु छोरालाई कोरोना भएपछि बलिउडले स्वास्थ्य लाभको कामना गरेको छ। बलिउड अभिनेता रीतेश देशमुखले अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘चाँडै निको हुनुहोस्, म तपाईंको परिवारका लागि प्रार्थना गर्छु।अभिनेता मनोज बाजपेयी, परिणीति चोपडा, अमीशा पटेल, चिरन्जीवीलगायत कैयौं हस्तीहरुले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्।
अमीशा पटेलले यो नराम्रो खबर भएको भन्दै अमिताभ चाँडै ठीक हुने कामनासहित इश्वरसँग प्रार्थना गरेको उल्लेख गरेकी छन्।