अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भएपछि अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।
अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको हो।
परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना संक्रमण भएपछि अमिताभ र अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्।उनी हरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्।
उनले भनेका छन्, ‘मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’
T 3590 -I have tested CoviD positive .. shifted to Hospital .. hospital informing authorities .. family and staff undergone tests , results awaited ..
All that have been in close proximity to me in the last 10 days are requested to please get themselves tested !— Amitabh Bachchan (@SrBachchan) July 11, 2020
‘कोरोना पोजेटिभ भएर बच्चन राती १० बजे अस्पताल भर्ना भएका हुन्। उनको अवस्था सामान्य छ। उनको विस्तृत स्वास्थ्य अवस्था पत्ता लगाउन आवश्यक परीक्षण जारी छन्,’ भारतीय समाचार माध्यम द हिन्दूसँग कुराकानी गर्दै ती डाक्टरले भनेका छन्।
गत महिना मात्र अमेजन प्राइम भिडियोमा रिलिज भएको गुलाबो सिताबोमा ७७ वर्षीय बच्चनसमेतको अभिनय छ। उनको रोल भएको यो पछिल्लो सिनेमा हो। उनका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ भएको बताइएको छ। सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’