२०७७ सालश्रावणकृष्णपक्ष असार २८ गते आइतवार सप्तमीतिथि रेवतीनक्षत्रचन्द्रमामीन राशिमा ।
मेष राशि : दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनुका साथै पराक्रम वढेर जानेछ । थोरै प्रयासमा पनि राम्रो सफलता हातपार्न सकिने छ तथा काममा सन्तुष्टि मिल्ने देखिन्छ ।
वृष राशि : बोलीको प्रभाव राम्रो हुनुका साथै कुटुम्वसँगको सम्वन्ध सुमधुर भएर जानेछ । फसेको धन आउनुका साथै अचल सम्पती प्राप्तगर्न सक्ने समय छ । मान सम्मानमा वृद्धि हुने देखिन्छ ।
मिथुन राशि : व्यक्तिवको प्रभाव राम्रो भएर जानुका साथै तपाइसँग रिसाएर वसेका मान्छ तपाईप्रति प्रभावित पर्ने छन् । स्वास्थ्यमा कुनै समस्या थियो भने कम भएर जानेछ । घर परिवारमा मांगलिक कार्य हुनेछ ।
कर्कट राशि : शत्रु वा अल्छिको कारण काममा आएको समस्या हटेर जानुका साथै विदेश सँग सम्वन्धित काममा प्रगति हुनेछ । यात्रा गर्ने अवसर प्राप्तहुन सक्छ । धन आगमनको नयाँ श्रोत पत्ता लाग्न सक्छ ।
सिंह राशि : आर्थिक लाभको साथै जग्गा जमीन वा अचल सम्पतिवाट लाभ प्राप्त गर्न सक्नुहुनेछ । घरमा भने सामान्य कलहको वातावरण वन्न सक्नेछ त्यसैले बोल्दा विचार पुर्याउनुहोला ।
कन्या राशि : मनमा नैरास्यता छाउनुका साथै काममा वाधा अड्चन देखापर्न सक्नेछ । घरमा कुनै आर्थिक समस्या थियो भने कम भएर जानेछ । आर्थिक हानिको समय छ ध्यानपूर्वक काम गर्नुहोला ।
तुला राशि : अचानक कुनै नराम्रो खबरले गर्दा तपाइको मन अशान्त हुनेछ । पिताजीको स्वास्थ्य मा भएको समस्या कम भएर जानेछ । दिनको अन्त्यतिर भने आर्थिक लाभको समय छ ।
वृश्चिक राशि : दाम्पत्य जीवन राम्रो हुनुका साथै प्रेमीका सँगभएको कुनै संका कम भएर जानेछ तथा सम्वन्ध राम्रो हुनेछ । चौपाया तथा घर परिवारको सुख सुविधा प्राप्तगर्न सक्नुहुनेछ ।
धनु राशि : चोटपटकको सम्भावना छ हिड्दा वा कतै यात्रा गर्दा विचार गर्नुहोला । शत्रुको कारण काममा वाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा झगडा पर्न सक्नेछ ।
मकर राशि : समय खराव छ । शत्रुका कारण समस्या देखापर्न सक्नेछन् । स्वास्थ्यमा समस्या हुनुका साथै दाम्पत्य जीवनमा कलहको वातावरण वन्न सक्नेछ अविस्वासको कारणले गर्दा खेरि ।
कुम्भ राशि : सन्तान सुखका साथै घर परिवारमा मांगलीक कार्यको समय देखिन्छ । आर्थिक समस्याले भने सताउन सक्नेछ । सापटि दिएको धनफिर्ता नआउनाले ऋणमा वृद्धिहुने देखिन्छ ।
मीन राशि : चौपाया तथा वाहन वाट दुःखपाउन सकिन्छ । माताको स्वास्थ्यमा समस्या देखापर्नुका साथै घर परिवारमा कलहको वातावरण वन्नसक्नेछ संम्यमता अपनाउनु होला ।