नेपालका ६ जिल्लामा कोरोना संक्रमणमुक्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार संक्रमणमुक्त हुनेमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला भएको बताए ।
संक्रमणमुक्त जिल्ला भन्नाले अहिले ती जिल्लामा कुनै पनि एक्टिभ केस नभएको भन्न खोजिएको हो । अर्थात ती जिल्लामा कोरोना संक्रमितहरु थिए तर अहिले सबै निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा देशभर ७० जना संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
त्यस्तै थप ३ जनाको निधन भएको छ । अहिलेसम्म कोरोनाको कारण निधन हुनेको संख्या ३८ पुगेको पनि गौतमले नियमित प्रेस व्रिफिङ्गमा जानकारी दिए ।
घट्दो परिक्षण दर
सरकारले कोरोना परिक्षण दर घटाउँदै लगेको छ । पछिल्लो २४ घन्टामा देशभरीमा जम्मा ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
सरकारले दैनिक गरिने नमूना परीक्षणको दायरा दिनदिनै कम गर्दै लगेको छ । देशभर प्रयोगशालाको संख्या बढाएर २५ पुग्दापनि नमूना परिक्षण भने सुस्त गतिमा चलिरहेकोमा जनस्वास्थ्य विज्ञहरुले चिन्ता गरेका छन् ।