कोरोना भाइरसका कारण सिन्धुपाल्चोकका एक व्यक्तिको निधन भएको छ ।
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका पुरुषको मृत्यु भएको हो ।
मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेका उनको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।
उनमा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो । उनको पाटन अस्पतालकै आइसोलेसनमा उपचार भइरहेको थियो ।
यसअघि सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेको २९ वर्षे सुत्केरीको कोरोनाकै कारण मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सिन्धुपाल्चोकका पुरुषको मृत्यु कोरोनाबाट भएको आधिकारिक पुष्टि गर्न बाँकी छ ।
आज सवा ४ बजे गरिने प्रेस विफ्रिङ्गमा मृत्युवारे पुष्टि गरिने तयारी भैरहेको बुझिएको छ ।