केहि दिन यता महानायकको बिषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाई एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ ।
यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नै-सर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो ।
दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् ।
उनी कलाकार मात्र नभएर एक नारी हुन् भने कसैको छोरी पनि हुन् ।
बिगत ३ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेर चलचित्र क्षेत्रको बृहत्तर हितको लागि उनले पनि योगदान पुर्याउदै आएकी सर्बबिधितै छ ।
अहिले उनी विवादमा फसेकी छिन् । धेरैले उनलाई नराम्रो गाली गरिरहेका छन् । उनको समर्थनमा धेरै कलाकारहरु उत्रिएका छन् ।
अहिले उनलाई समर्थन गर्दा नायिका केकी अधिकारी विवादमा फसेकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा एउटा चिठ्ठी शेयर गरेको छिन् । जस्लाई लिएर उनी विवादमा आएकी हुन् ।
के लेखेकी छन् त हेरौं पुरा विवरण
उनको यो चिठ्ठी नायीका ऋचा शर्माले शेयर गरेकी छिन् । दर्शकले अहिले उनीहरुले महिला बिरोधी कुरा गरेको भनेर उनीहरुमाथी खनिरहेका छन् । दिपकको अर्को फिल्ममा स्थान पाउनलाई समर्थन गरेको देखि लिएर महिलालाई हेपेको सम्म भनेर दर्शक रिसाईरहेका छन् ।
केकीको यो स्टोरी पेपछि तपाईलाई के लाग्यो । सही कि गलत आफ्नो भनाई कमेन्टमा राख्नुहोला