पोखरामा एक गायिकाले देहत्याग गरेकी छिन् ।
लामो समयदेखि पोखरा क्षत्रलाई कर्मथलो बनाएर ‘दोहोरी साँझ’ मा लोकगायिकाका रुपमा कार्यरत गायिका सुनिता नेपालीले यस्तो गरेकी हुन् ।
नेपालीले केही समय पहिले देखि पोखरास्थित फेवा दोहोरी साँझमा गायिकाका रुपमा गीत गाउँदै आएकी थिइन् ।
उनले गतराति ९ : ५० बजे देहत्याग गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले जानकारी दिए ।
पोखरा गैह्रापाटनस्थित जयराम कोइरालाको घरमा भाडामा बस्दै आएकी उनी विगत ५ वर्षदेखि कास्कीको बिरेठाँटीका ध्रुव लामिछानेसँग रिलेशनसिपमा बस्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरुले श्रीमान श्रीमती भएको बताउँदै आएका थिए । कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रहरीले ढोका फोरेर हेर्दा सुनिता झु ण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक सुनिताकी दिदी गायिका लक्ष्मी नेपालीले ह त्या गरेको आरोप लगाउदै लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा देहत्याग दुरु-त्साहन मु-द्दा दर्ता गराएकी छिन् ।
आफुलाई आरोप लागेपछि मृतकका श्रीमानले आफु निर्दोष रहेको बताएका छन् ।
दिन म सबेरै काममा गएको थिए । राति अबेर फर्किए ।
कोठाको ढोका भित्रबाट लगाइएको थियो । मैले पटक पटक सुनितालाई पुकारे ।
आवाज नआएपछि आत्तिए । नजिकैका दाईदिदीहरुलाई सहयोग मागे । उनीहरुले प्रहरीलाई बोलाए ।
प्रहरी आएर ढोका खोल्दा सुनिता झु ण्डिएको अवस्था थियो । म विक्षप्त बने ।’ घरमा भाडामा बस्ने अन्य मानिसहरुले ध्रुव र मृतक सुनिता बिच गएराति कुनै झ-गडा नभएको बताएका छन् ।
प्रहरीले घट्नाका वारेमा छानबिन भइरहेको जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल लगिएको छ ।