सुरमा भोपाली नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ ।
जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो । उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् ।
उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन् ।
सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । यसका साथै ब्रह्मचारी, नागिन र अन्दाज अपना–अपना जस्ता फिल्ममा उनको कमेडी रोल रुचाइएको थियो ।
Jagdeep ji was a great actor and a noble soul. His passing away is a great loss. God bless his soul. Heartfelt condolences @jaavedjaaferi https://t.co/pGgueKJ9UG
— Arvind Kejriwal (@ArvindKejriwal) July 9, 2020
जगदीपले सुरुमा बाल कलाकारको रुपमा मास्टर मुन्नाको रुपमा बीआर चोपडाको फिल्मा ‘अफसाना’मा खेलेका थिए । ‘लैला मजनु’मा पनि बालकलाकारको रुपमा उनले अभिनय गरेका छन् ।
उनले ५ चलचित्रमा मुख्य अभिनेताको भुमिका निर्वाह गरेका छन् । नन्द भाबी, अर्जा, अमिता एण्ड नाजलगायतका चलचित्रमा उनले मुख्य भुमिका निभाएका छन् ।