रुकुम पश्चिममा जनताको सेवामा खटिएका प्रहरीले नै नियन्त्रणमा लिएका व्यक्तिलाई निर्घात कु-टपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहको छ ।
खासमा यो भिडियोमा देखिएको दृष्य जेठ १ गते रुकुम पश्चिमको हो । झण्डै २ महिना बित्न लाग्दा बल्ल यो भिडियो भाइरल भएको छ । घटनामा प्रहरीबाट कु टिएकी युवती हुन् २१ वर्षीया नेहा विष्ट ।
उनलाई प्रहरीले पानी खन्याउँदै तुच्छ गाली गर्दै निर्मम तरिकाले कु टेको भिडियोमा प्रष्ट देखिन्छ । खासमा पीडित महिला नेहा जेठ १ गते जाजरकोटस्थित दिदीको घरबाट आफ्नो घर आउँदै थिइन् ।
जाजरकोट र रूकुम पश्चिमको सीमाना भेरी नदी पुलनजिकै आठबीसकोट ९ मा हेल्प डेस्क राखिएको थियो । त्यो दिन हेल्प डेस्कमा स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्यकर्मी डोल्मा मल्ल र इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी जवान आइते रावत खटिएका थिए ।
दिदीको घरबाट आएकी नेहाले रक्सी खाएर स्वास्थ्यकर्मीमाथि हात पात गरिन् । त्यसक्रममा महिलालाई कुट-पिट गरिरहेकी नगर महिला प्रहरी निर्मला बिकमाथि पनि कपाल लुछ्दै कुट-पिटमा उत्रिइन् ।
त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर नगर कार्यपालिका लग्यो । र, यो घटना त्यहीँ भएको हो । नेहामाथि अत्याचार भइरहँदा एक जनाले भिडियो खिच्ने व्यक्ति नगर प्रहरी नै हुन् ।
अमानवीय व्यवहार गर्नेलाई कारवाही हुने नदेखिएपछि भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । नियन्त्रणमा लिइसके पछि कसैमाथि पनि कुट-पिट गर्न पाइँदैन ।
रूकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीले घटनाबारे छानबिन गर्न बुधबार नै प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वका ४ सदस्य समिति बनाएको छ । डेढ महिना गुपचुप भएको यो घटनाका पीडकलाई प्रहरीले कारवाही गर्छ कि गर्दैन ।