सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीले १५ घर बगाउदा १९ जना बेपत्ता भएका छन् । भने दुई जनाको श व फेला परेको छ ।
सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक जान लागेका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीले घर बगाएर क्षति गरेपछि उद्दारका लागि उनी त्यहाँ जान लागेको बताइएको छ ।
उनी हेलिकप्टर लिएर त्यसतर्फ जान लागेको बताइएको छ ।
राजनैतिक चेतना भएका केही व्यक्तिहरु भने नेताहरुःले सरकारी ढुकुटी प्रयोग गर्दै हेलिकोप्टरमा जानुलाई खासै राम्रो कदम मान्दैनन् । घन्टाको १ देखि २ हजार अमेरिकी डलरसम्म खर्च गरेर हेलिकोप्टरमा जानुभन्दा सो रकम सिधै पीडितले पाउनुपर्ने उनीहरुको तर्क छ भने अर्कोथरी यसरी पीडामा परेको बेला त्यो क्षेत्रको नेता सो ठाउँमा पुग्नुले पीडितहरुले अभिभावकत्व महसुस गर्छन् र ती नेताले अर्कोचोटी पनि चुनाव जित्छन् भन्ने तर्क गर्छन् ।
यहाँ अग्नीप्रसाद सापकोटालाई मात्र भन्न खोजिएको हैन । सुत्केरी हुन नसक्ने महिलालाई लिन हेलिकोप्टर लिएर पुग्ने कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि एक पात्र हुन् । बिरामीलाई लिन मुख्यमन्त्री आफू जाने होइन् मुख्यमन्त्रीले यसरी बिरामी बोक्न थाल्ने हो भने उनको पदको हैसियत रहँदैन ।