कोरोना भाइरसको कारणले अहिले बिश्व नै आक्रान्त बनेकाे छ ।
नेपाल भारतलगायत बिश्वभरका फिल्म क्षेत्रहरु अहिले समस्यामा परेका छन् ।
नेपालका कलाकारहरु पनि घर भित्र नै बस्न बाध्य भएका छन् ।
केहिले आफ्ना भनाइहरु राख्न व्यस्त छन् भने केहि आफ्ना आकर्षक तस्विरहरु पोष्ट गरिरहेका छन् ।
अहिले नायिका रेखा थापाको पुस अप पोजमा फोटो सार्वजनिक गरेकी छिन् ।
नायिका रेखा थापा पुस अपको पोजमा छिन् ।
रेखाले आजै ट्वीटरमा गजबको तस्बिर पोष्ट गरेकी हुन् ।
शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाएका पुरुष रेखाको पिठ्युँमा दुवै हात राखेर सिधा तन्किएका देखिन्छन् ।
यो दृश्य रेखाको व्यायामको हो ।
उनले सन्तुलन सबै चीजको मुख्य विषय हो भनेर लेखेकी छिन् ।
उनले खाने, बस्ने, सोच्ने, महशुश गर्ने, बोल्ने र काम गर्ने सबै विषयमा सजगता आवश्यक रहेको लेखेकी छिन् ।
उनले अन्तमा स्वस्थ र सकारात्मक रहन सुझाव समेत दिएकी छिन् ।
उनी आफ्नै निवासमा योग गरिरहेकी छन् ।
फिटनेस ट्रेनर विजु पार्कीसँग उनले योग सिकिरहेकी छन् ।
पार्कीले आजै सामाजिक सञ्जालमा उक्त तस्वीर राखेका छन् ।