सरकारले मोडालिटी बनाएर ट्याक्सी र सार्वजनिक सवारीहरु सञ्चालन गर्न दिने तयारी गरेको छ ।
२ जनासम्म यात्रु राख्नेगरी ट्याक्सी सञ्चालन गर्न दिने बारे तयारी भैरहेको बताइएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ट्याक्सीसहित सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको हो ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको मन्त्रिपरिषदमा सहभागी भएका एक मन्त्रीले केटीएम दैनिकलाई जानकारी दिए ।
अब यस विषयमा अन्तिम निर्णय भने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीमा छलफल गरेर मात्र गरिने पनि ती मन्त्रीले बताए ।
यातायात व्यवस्था मन्त्रालयले यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र सोही अनुसार निर्णय हुने जानकारी गराइएको छ ।
ट्याक्सी सञ्चालन गर्न नपाउँदा आफुहरुको रोजीरोटी खोसिएको र बैंकको व्याज चुक्ता गर्न पनि समस्या भएको भन्दै ट्याक्सी व्यवसायीहरु निरन्तर आन्दोलनमा रहदै आएका छन् ।