विश्वका अरु कैयौं देशहरूझैं हाम्रो देश नेपाल पनि कोरोना (Covid-19) महामारी सँग जुधी रहेको छ ।
साथिहरु, यो समय भनेको पुण्य आर्जन गर्ने समय हो । अहिले देशमा तपाईहरुको सहयोगको धेरै आवश्यकता छ । सक्दो सहयोग गर्नुहोस आफ्नो तर्फ बाट । कैयौंको रोजगारी गुमी सकेको छ, कैयौं भोका र पीडित छन । उहाँहरुलाई तपाईको सहयोग को खाँचो छ ।
सन् १९६६ मा बनेको राज कपूर अभिनीत हिंदी चलचित्र “तीसरी कसम” को यो गीतलाई आज एक पटक फेरी सुनी दिन म आग्रह गर्न चाहन्छु ।
“सजन रे झूठ मत बोलो, खुदा के पास जाना है, न हाती है न घोडा है वहाँ पैदल ही जाना है
तुम्हारे महल चौबारे यहीं रह जायेंगे सारे, अकड किस बात की प्यारे ये सर फिर भी झुकाना है ।
भला कीजे भला होगा, बुरा कीजे बुरा होगा, बही लिख लिख के क्या होगा, यहीं सब कुछ चुकाना है ।।”
(झूट न बोलौं, एक दिन भगवान् सामु जानु छ । हाती घोडा केही छैनन त्यहाँ पैदल नै जाने हो । तपाईका ठूला ठूला महल र भवनहरु यतै रही जाने हुन । घमण्ड किन गर्नु, टाउको निहुराउनु नै छ भने । राम्रो गरे राम्रो हुनेछ, नराम्रो गरे नराम्रो हुनेछ । खाता लेखी लेखी केही हुने वाला छैन, सब यहीं तिर्नु पर्ने छ ।)
यस गीतमा जीवनको अन्तिम र सत्य मन्त्र छ ।
साथिहरु, सम्पत्ति थुपारेर कहाँ लैजानु छ र ? गरीब, दुखी र असहायको जीवनमा आफ्नो सानो सहयोग मार्फत केही खुशी पुर्याउन सक्यौं भने हाम्रो जीवन धन्य हुनेछ ।