शनिबार देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा ४ जनाको निधन भएको छ ।
तेह्रथुम आठराई गाउँपालिका-५ सुकेपोखरी सार्की डाँडामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आठराई गाउँपालिका-५ का ३८ बर्षीय ललित खवास र सोही स्थानका ४० बर्षीय श्याम मगर रहेका छन ।
शुक्रबार बेलुका ७ बजे श्री केजी निर्माण सेवाको मे १ त ६२१९ नम्बरको ट्याक्टर चुहानडाँडा बाट सुकेपोखरी तर्फ जाने क्रममा एक्कासी १० मिटर तल खसी दुर्घटना हुदा ट्याक्टरमा रहेका खवास र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाईते भएकोले उनिहरुको जिल्ला अस्पताल पांचथरमा उपचार भईरहेको छ ।
यसै गरी शुक्रबार अपरान्ह साढे ४ बजे सुनसरी बर्जु गाउँपालिका-२ स्थित बिराटनगर सितागंज सडकखण्डमा ना ७ ख २६२६ नम्बरको टिप्परले को २ ह ३२४२ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा अटोमा सवार रहेका ५५ बर्षीय शिवु महत्तोको मृत्यु भएको छ ।
यस्तै ईटहरी-७ बस्ने २० बर्षीया स्वस्तिका चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो साझँ साढे ५ बजे ईटहरी-१७ स्थित राजमार्गमा को ११ प २६५८ नम्बरको मोटरसाईकलले को २३ प ५५५६ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिई दुर्घटना हुदा को २३ प ५५५६ नम्बरको मोटरसाईकल पछाडी सवार रहेकी चौधरीको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा हिजो साझँ सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
संसारभरि प्रत्येक वर्ष १३ लाख मानिसले सडकमा ज्यान गुमाउँछन्।
तीन करोडदेखि पाँच करोड मानिस घाइते हुन्छन्। चौधदेखि २९ वर्षका मानिसले ज्यान गुमाउने वा अङ्गभङ्ग हुने प्रमुख कारण सडक दुर्घटना हो।
नेपालमा प्रति १ लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना को कारण ज्यान जाने गरेको छ ।