नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोष बल्लभ पौडेल नियुक्त भएका छन् ।
उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् ।
यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।
यसैगरी, यही असार १५ गते उपरथी दर्जामा पदोन्नती हुनुभएका सहायकरथी प्रेम शाही र सहायकरथी दर्जामा पदोन्नती हुनुभएका महासेनानी प्रेमबहादुर पुनलाई शुक्रबार (१९ असार) जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
पदोन्नती भएका उपरथी प्रेम शाहीलाई यु द्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेमबहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको छ ।